बिहीबार राष्ट्र बैंकले ५० अर्ब माग्दा साढे ९५ अर्बको आवेदन पर्यो, ४८ अर्ब अझै बजारमा
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १२:४४:२४
२५ फागुन, काठमाडौं । उचित कर्जाको माग नहुँदा बजारमा अधिक तरलता देखिएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता खिच्न राष्ट्र बैंकलाई भ्याइनभ्याइ छ । चालु आर्थिक वर्षको बजेट सुरु भएपछि नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण प्रयोजनसहित बजारमा देखिएको अधिक तरलतालाई कम गर्न निक्षेप खिचेको खिचेकै छ ।
राष्ट्र बैंकले बिहीबार बजारबाट तरलता खिच्न ५० अर्ब रुपैयाँको बोलकबोल गराएको थियाे । जसमा बैंक तथा वित्तीय संस्थाहरूले ९५ अर्ब ६० करोड रुपैयाँ बराबरको आवेदन दिए । अझै बजारमा ५० अर्ब हाराहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाइ छ ।
राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बिहीबार वित्तीय प्रणालीबाट खिचेको हो । राष्ट्र बैंकले अन्तर बैंकिङ ब्याजदरलाई नियन्त्रणमा राख्न तरलता प्रशोचन गर्दै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने क्रम जारी राखेको अवस्थामा पनि कर्जाको माग अपेक्षा गरे अनुसार बढ्न सकेको छैन । बैंकहरुले कर्जा लगानी गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ ।
बिहीबार राष्ट्र बैंकले ५० अर्ब बराबरको १४ दिने निक्षेप संकलन उपकरण जारी गरेको थियो । यसअघि निष्काशन गरेको २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बुधबार परिपक्क भएको छ । बिहीवार निष्काशन भएको १४ दिने अवधिको ५० अर्बको निक्षेप उपकरणमा १७ बैंक तथा वित्तीय संस्थाले ८३ आवेदन दिएका थिए ।
बिहीवार निक्षेप संकलन उपकरणको ब्याजदर यस अघिको भन्दा सामान्य घटेको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप दिँदा केन्दीय बैंकसँग अधिकतम २.९७०० र न्यूनतम् २.४८०० प्रतिशत ब्याज माग गरेका छन् । बिहीबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.८२१० प्रतिशत कायम भएको छ । यो औसत ब्याजदर यसअघि माघ २८ गते जारी भएको निक्षेप संकलन उपकरणको ब्याजदर भन्दा कम हो । त्यतिबेला निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३.०२७५ प्रतिशत कायम भएको थियो ।
सरकारले आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैंकले तालिका अनुसार चालू आर्थिक वर्षमा दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य छ । जसमध्ये पहिलो त्रैमासमा ५५ अर्ब ऋण उठाएको थियो । सरकारले चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट खर्च गर्ने लक्ष्य राखेपनि केही बजेट संशोधन गरी घटाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
राष्ट्र बैंक भन्छ, ‘आर्थिक तथा वित्तीय सूचक सकारात्मक’
बैशाख ३०, २०८१ आइतबार
पौने ११ खर्ब रेमिट्यान्स, १९ खर्ब विदेशी मुद्रा सञ्चिति
बैशाख ३०, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार