चेम्बर अध्यक्ष अग्रवाललाई एक्स्पोको रकम चेम्बर खातामा जम्मा गर्न बहुमत सदस्यहरूको आग्रह,अन्यथा न्यायिक निकाय गुहार्ने चेतावनी
नेपालबहस संवाददाता
फागुन २६, २०८० शनिबार १२:३३:४७
२६ फागुन, दाङ । दाङ चेम्बर अफ कमर्सका पदाधिकारी, कार्य समिति सदस्य र पूर्व अध्यक्षसहितको केही दिन अघि बसेको बैठकले लुम्बिनी स्तरीय दाङ एक्स्पो २०८० को सबै खर्च कटाएर बचेको रकम १८ लाख रुपैयाँ चेम्बरको खातामा नरहेको भन्दै तत्काल जम्मा गर्न नेतृत्वलाई आग्रह गरेको छ । यसअघि चेम्बरको तर्फबाट अध्यक्ष विकास अग्रवाललाई लिखित रुपमै पत्राचार गरेर एक्स्पोबाट बचत रकम जम्मा गर्न आग्रह गरे पनि पुरै रकम बैंक खातामा नरहेकाले त्यस्तो आग्रह गरिएको हो ।
हाल ३ दिन भित्र सो रकम सबै जम्मा गर्न पत्राचार गर्ने निर्णय भएको बैठकमा सहभागी कार्य समिति सदस्य तथा दाङ महिला चेम्बर कि अध्यक्ष सरिता देवकोटाले बताइन् । चेम्बरका जिल्ला उपाध्यक्ष द्वय लक्ष्मी अधिकारी, रेशमराज गिरिसहित नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष श्रीधर महरा, दाङ चेम्बरका पूर्व अध्यक्ष बलदेव योगी, पूर्व पदाधिकारी घनश्याम अधिकारीसहितको बैठकले तीन दिन भित्र चेम्बरले पाउनु पर्ने रकम आफ्नै खातामा जम्मा नभए जिल्ला प्रशासनसहित न्यायिक निकायमा जाने पनि निर्णय भएको देवकोटाले बताइन ।
उनले चेम्बरको अध्यक्षलाई जोडेर आएको ७० लाखको सम्झौताको बारेमा लिखित रुपमै स्पष्ट पार्न आग्रह गर्ने पनि निर्णय भएको बताइन । बैठकमा चेम्बरका जिल्ला अध्यक्ष अग्रवालसहित महासचिव, कोषाध्यक्ष उपस्थित नरहेको उनले बताइन । घोराहीमा चेम्बरले माघ २३ गतेदेखि फागुन ८ गतेसम्म गरेर १५ दिन एक्स्पो सन्चालन गरेको थियो । यता यो बारेमा बुझ्न पटक–पटक ९८४७८४१८६० फोन गर्न खोज्दा चेम्बरका जिल्ला अध्यक्ष अग्रवालले फोन उठाएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदूरसञ्चार प्राधिकरणले अन्य बक्यौतासहित २० अर्ब नतिरेसम्म एनसेलको लाइसेन्स नवीकरण नगर्ने
जेठ १८, २०८१ शुक्रबार
कैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता
जेठ १६, २०८१ बुधबार
‘लहान एक्पो’ मा एक करोड ५९ लाखभन्दा बढी कारोबार
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार