‘एक घर–एक मिनेट जनप्रतिनिधि’ अभियान
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार ७:३६:११
२७ फागुन, काभ्रेपलाञ्चोक । पनौती नगरपालिकामा बिहीबार एकै दिन दुई वटा वडालाई ‘बालश्रम मुक्त वडा’ घोषणा गरिएको छ । यसअघि तीनवटा वडालाई बालश्रम मुक्त घोषणा गरिएको थियो । घोषित २ नं वडा भने जिल्लामै पहिलो बालश्रम मुक्त घोषणा गरिएको वडा हो ।
‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रम मुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित नगरको १२ वडामध्ये २, ५, ६, ८ र ११ गरी पाँचवटा वडामा बालश्रम नभएको घोषणा गर्दै बालश्रम मुक्त वडा घोषणा गरिएको छ । बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले ३९ वटा सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । हाल उक्त पनौती नगरले बालश्रम निवारणका सन्दर्भमा छलफल तथा अन्तरक्रिया कार्यक्रमसँगै ‘एक घर–एक मिनेट जनप्रतिनिधि’ अभियान सञ्चालन गर्दै आएको छ ।
अभियान अन्तर्गत स्थानीय प्रत्येक घर, होटल, पसल, विद्यालय, व्यापारिक संस्था एवं अन्य क्षेत्रमा बालबालिकालाई श्रममा लगाइएको बारे सोध्ने र नपाउने तथा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धता गराई योजनासहित केही दिनमै उक्त क्षेत्रबाट बालश्रम मुक्त गराउँदै आइएको जनाइएको छ । साथै वडास्तरमा बाल समूह गठन गरी बालश्रम विरुद्धको अभियानसमेत सञ्चालन गर्दै आइएको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले बालमैत्री नगरका लागि थप १२ वटा बुँदा थपेर पहिला भएका बालश्रमलगायतका बुँदाहरू संशोधन गरी बालमैत्री नगरका लागि बालबालिका श्रममा भएको भए व्यवस्थित रूपले पुनःस्थापना भएको हुनुपर्ने उल्लेख भएपछि पनौती नगरपालिकाले चालु आर्थिक वर्षभित्रै सबै वडालाई बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको नगर उपप्रमुख गीता बञ्जाराले बताइन्। उनका अनुसार हाल वडा नं ४, ७ र ९ मा श्रममा भएका केही बालबालिकालाई पुनःस्थापनाको तयारी गरिएको छ ।
युके एडले आर्थिक सहयोगमा सञ्चालित अभियान अन्तर्गत वडा नं ३ मा आज, १० मा आउँदो बुधबार, ६ मा शुक्रबार बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम तय भएको नगरको बालबालिका हेर्ने शाखा अधिकृत केशव बञ्जाराले जानकारी दिए। उनले बालश्रम मुक्त अभियानमा जुटेको नगरले चालु आव भित्र श्रममा भएका सबै बालबालिकालाई पुनःस्थापनाको योजना बनाएको बताए ।
पनौतीलाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न युके एडले आर्थिक सहयोग गरेको छ । युके एडको रु ५५ लाख तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) प्राविधिक सहयोगमा यो अभियान सञ्चालनमा ल्याइएको हो । स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लबलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बालबालिकालाई कानुनविपरीतको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर अभियान सञ्चालन गरिएको थियो ।
पनौती नगरको तथ्याङ्कअनुसार स्थानीय चार बालबालिका श्रमका लागि अन्यत्र गएका छन् भने अन्यत्रका १७ जना श्रमका लागि पनौती आएका छन् । तथ्याङ्कअनुसार विद्यालय जान छाडेका ४२ जना बालश्रमको जोखिममा हुनसक्ने बञ्जाराले जानकारी दिए ।
बालमैत्री स्थानीय तह घोषणा कार्यविधि, २०७८ अनुसार पूरा गर्नुपर्ने ५१ सूचक पूरा गर्ने सन्दर्भमा पनौतीलाई बालश्रम मुक्त नगर घोषणाका लागि पूर्वाधारलगायत तयारी थालिएको जनाइएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०६८ अनुसारका ३९ सूचक पूरा गरेर २०७८ असार ३० गते पनौतीलाई बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका (आइएलओ)को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । आइएलओका प्रतिनिधि उद्धवराज पौड्यालका अनुसार १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार