सेटिङ मिलाएर बहुराष्ट्रिय कम्पनीहरुको भन्सारमा तस्करी, भैरहवामा समातियो लोड भएको ट्रक
ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोजअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको वस्तु रहेको पाइएको छ
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार ११:८:३६
२७ फागुन, भैरहवा । नेपाल र नेपाल बाहिर रहेका बहुराष्ट्रिय कम्पनीहरूले पछिल्लो समय सेटिङ मिलाएर भन्सार छलि गर्ने क्रम बढेको छ । कर्मचारीको सेटिङमा तस्करी भएकाले समातिएका सामान पनि विना कारवाही छोड्ने गरिएको छ ।
यसै क्रममा भैरहवा भन्सार नाकाबाट बिना कागजात भारततर्फ जाँदै गरेको अवस्थामा ट्रकसहित टुथपेस्ट, पाउडर लगायतको सामान भन्सार कार्यालयले नियन्त्रणमा लिएको छ । नेपालबाट बाहिरिने क्रममा युपी ५३ विटी ७८८३ नम्बरको टाटा ट्रकमा उक्त सामान भन्सार नाका अगाडिबाट बरामद भएको हो
भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि सामान लोड गरि लैजाँदै गरेको अवस्थामा कागजपत्र नभएको ट्रकसहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए । कागजपत्रबिना नेपालबाट भारत जान लागेको सूचना प्राप्त भएपछि ट्रकलाई नाका (भन्सार गेट)बाट नियन्त्रणमा लिइएको उनले बताए । कार्यालयले अनुसन्धान गरिरहेको छ, हामीले भारतीय कस्टमसँग समन्वय गरेर चालक र सहचालक खोज्ने प्रयासमा छौ । उनका अनुसार ट्रकमा भएको सबै सामानको एकिन भएको छैन ।
प्रारम्भिक अनुसन्धानबाट उक्त ट्रकमा डाबरको रेड टुथपेस्ट, क्लोजअप टुथपेस्ट र पोन्डसको पाउडर लगायतको वस्तु रहेको पाइएको छ । नेपालबाट बाहिरिने क्रममा भन्सार अगाडिका कर्मचारीले त्यो गाडी चेकजाँचका लागि भनेका थिए । चालकले आनाकानी गर्दा इलाका प्रहरी कार्यालय बेलहियाको सहयोगमा गाडी चेकजाँचका लागि चालकलाई ढाला खोल्न भन्दा चालक र सहचालक फरार भएको थिए ।
स्रोतका अनुसार त्यो गाडी नेपालगन्ज नाकाबाट नेपाल भित्रिएको थियो, गाडीको स्वरुप नै उचाई ढालाको रहेकोले ढाला भन्दा केही तलसम्म मात्रै उक्त सामान मिलाएर त्रिपालले ढाकिएको अवस्थामा राखिएको थियो । भन्सार कार्यालयले यस अघि पुष ६ गते पनि यसै अनुरुपको भारत जान लागेको ट्रकबाट ३ सय ५८ कार्टुन क्लोज अफ टुथपेस्ट बरामद गरेको थियो । बरामद सामानहरू बहुराष्ट्रिय कम्पनीका नेपालका लागि उत्पादन भएको सामान हो । भारतले यि वस्तुको आयातमा प्रतिबन्ध लगाएकोले खाली ट्रक चेकजाँच हुँदैन भन्ने नाममा नेपालबाट अवैध रुपमा भित्रिने गरेको रहस्य खुलेको छ ।
यस अघिको र अहिले दुवै घटनामा भन्सार प्रमुख बाहिर हुँदा यो रहस्य बाहिरिएको छ । चेकजाँचमा खटिएका सोही कर्मचारीले नै यस अघिको ट्रक पनि रोकेर चेकजाँच गरेका थिए । बहुराष्ट्रिय कम्पनीका नेपालका लागि आएको उत्पादनहरू ठूलो मात्रामा केही समय पहिला बेलहिया–गोरखपुर सडकखण्डको कोल्हुईमा पनि बरामद भएको थियो ।
सीमा क्षेत्रबाट नेपालका लागि उत्पादित बहुराष्ट्रिय कम्पनीका उत्पादनहरू अवैध तरिकाले भारत जाने गरे तापनि भन्सार कार्यालय अगाडि बाटै अहिलेसम्मकै ठूलो मात्रामा सामान बरामद भएको हो । कसले कहाँ को मार्फत पठाइरहेको थियो भन्ने खुल्न सकेको छैन ।
ट्रकको अगाडि मात्रै एउटा नम्बर प्लेट रहेको छ भने पछाडि कुनै नम्बर प्लेट नरहेकोले ट्रक पनि शङ्कास्पद देखिएको छ । अन्नपूर्ण टर्मिनलले यो नम्बरको गाडी यस नाकाबाट प्रवेश नै नगरेको जानकारी दिएको छ । गाडी अन्यत्रबाट आएर भारत जान लागेको हुन सक्ने टर्मिनलले जानकारी दिएको छ ।
भैरहवामा रहेको डिलरले पछिल्लो समय ठूलो मात्रामा कसैलाई सामान विक्री नगरेको दाबी गरेका छन । बरामद सामान ठुलो मात्रामा रहेको र यस क्षेत्रबाट नभई सीमावर्ती जिल्लाका डिलरमार्फत आएको हुनु पर्ने दाबी गरे । चुस्त सुरक्षाको वावजुद पनि ठूलो मात्रामा मुख्य नाकाबाट तस्करी गराउनु विना सेटिङ सम्भव छैन । सुरक्षा निकाय, भन्सार ,निर्यातकर्ता र आयातकर्ताको संलग्नतामा मात्रै कसैले आट गर्न सक्छ ।
चालक र परिचालक फरार नेपालबाट भएपनि सीमामा एसएसबीले कुनै पनि नागरिकलाई परिचय पत्र चेकजाँच नगरी जान पनि दिँदैन । भन्सार र सुरक्षा संयन्त्रको उपस्थितिले चासो नदिएको कारणपनि सम्बन्धित व्यक्ति सहजै फरार भएको देखिन्छ ।
भन्सार मुद्दा शाखाले अहिलेसम्म कसैले पनि सामान मेरो हो भन्ने दाबी कसैको नआएको बताए । कागजपत्र पनि नरहेको यस्तो घटना यस अघि पनि भएको थियो । त्यो पनि कसैले दाबी नगरेको कारण लिलाम प्रक्रियामा गएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
बहुविवाहका आरोपी दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान
जेठ २, २०८१ बुधबार
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार