केरामा रोग लाग्न थालेपछि उत्पादनमा कमी, किसान चिन्तित
नेपालबहस संवाददाता
फागुन २७, २०८० आइतबार १६:३०:४०
२७ फागुन, काठमाडाैं । गाइघाट । उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । यहाँको साउने र खाँबु क्षेत्र केरा उत्पादनका उर्बर क्षेत्र मानिएको छ । तर दुई वर्ष यता केराको बोटमा विभिन्न रोग लाग्न थालेपछि उत्पादनमा कमी आएको छ ।
त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ को खाँबु, छामलिङ र अँधेरी केराको पकेट क्षेत्र मानिन्छ । केराका बोट पहेंँलीएर कुहिन थालेका छन् । बोट नै मर्न थालेपछि आफुहरु चिन्तित बनेको छामलिङका कृषक अमेन्द्र राईले बताउनुभयो । दुई दशकदेखि केरा खेती गर्दै आए पनि पछिल्लो समय रोगका कारण घाटा बेहोर्नुपरेको उनी बताउछन् ।
त्रियुगा–१४ साउनेका कृषक दानबहादुर मगरले तीन वर्षदेखि केराको बोट रोगका कारण फष्टाउन छाडेको बताए । साउने हुबासकै कृषक देविदत्त तिमसिनाले तीन वर्ष अघिसम्म वार्षिक रु एक लाखभन्दा बढीको केरा बिक्री गर्ने गरिएको भए पनि पछिल्लो दुई वर्षमा रु ५० हजार मात्र आम्दानी भएको बताए ।
अधिकाँश केराका बोट पहेंलो हुने र फेद कुहिने अनी मर्ने गरेको कारण पसाएका केरासमेत मरेको छामलिङका कृषक हर्क राईले बताए । यस क्षेत्रका अधिकाँश किसान लामो समयदेखि व्यावसायीकरुपमा केरा खेती गर्दैआएका छन् ।
विभिन्न विषादी तथा औषधी प्रयोग गरेपनि रोग लाग्न नछाडेको किसान बताउँछन् । कतिपय किसानले पुराना बिरुवा मासेर नयाँ लगाउन थालेका छन् । यहाँ झप्री, मर्चे, धुसुरे, मुङ्ग्रेलगायत जातका केरा उत्पादन गरिँदै आएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरको बेलका नगरपालिका, कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा गरेर झण्डै सात सय ७६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार
भङ्गहा–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालन
जेठ ८, २०८१ मंगलबार
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जेठ ८, २०८१ मंगलबार