अनुदानमा ट्याक्टर मिलाइदिन्छु भन्दै १० करोड भन्दा बढी ठगेर फरार भए कार्यालय सहयोगी कर्ण
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १२:५१:३७
२८ फागुन, सिराहा । सिराहाको एक सरकारी कार्यालयमा प्रमुख कै मिलोमतोमा करार सेवामा कार्यरत कार्यालयका सहयोगीले सेवाग्राहीसँग अनुदानको ट्याक्टर मिलाइदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएका छन् ।
जिल्लाको कृषि ज्ञान केन्द्र, सिराहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठकै मिलेमतोमा करार सेवामा कार्यालय सहयोगीको रुपमा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानहरूलाई अनुदानमा ट्याक्टर दिलाइदिने भन्दै लाखौं रकम असुल गरी फरार भएका हुन् । नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन्
कार्यालय सहयोगीको रुपमा कार्यरत कर्णले कृषि ज्ञान केन्द्रबाट अनुदानमा वितरण गरिने कृषि औजारहरू ट्याक्टर, थ्रेसर, पावर ट्रेलर लगायतका कृषि उपकरण लिन कार्यालय प्रमुखलाई अग्रिम घुस रकम दिनुपर्ने भन्दै ११ जना किसानहरुसँग करिब ९६ लाख रकम ठगेर फरार रहेको पीडित किसानहरू बताउँछन् ।
कार्यालय सहयाेगी कर्णले लक्ष्मीपुर पतारी ५ का लालु यादवसँग अनुदानको ट्रयाक्टर मिलाइदिने भन्दै ५ लाख रकम लिएका थिए । यादवले न त अनुदानको ट्याक्टर नै पाए नत रकम नै फिर्ता पाए । उनले भने, ‘रकम दिए पनि मैले ट्याक्टर पाइन, पछि रकम फिर्ता गर्नुनपर्ने भनेपछि कर्णले २०८१/४/१७ गतेको मिति उल्लिखित पाँच लाखको चेक दिए , अहिले सुन्छु उनी फरार छन् ।’
औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्रयाक्टर पाउने आसले अग्रिम अनुदानको आधा रकम बुझाइदिए । तर, ‘अहिले न ट्याक्टर पाइयो, न रकम फिर्ता नै ।’ उनका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आईएमई बैंकको चेक दिएका थिए । तर उक्त खातामा चेक बराबरको रकम नभएको पाइयो ।
पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारी पछि चेक अनादरमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादर चेक रिपोर्टसहित निवेदन दिएका छन् । अर्नामा गापा ४ का मनोज कुमार यादवलाई पनि कर्णले ठगेर फरार भएपछि मानसिक तनावमा परेको बताए । कर्णले सिराहाको औरही, अर्नामा, कल्याणपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ जना किसानको करिब ९६ लाख कर्णलाई ट्याक्टर पाउने आशमा बुझाएको पीडितहरूले बताए ।
पीडितहरुको यकिन तथ्यांक नभए पनि सयौंको संख्यामा हुनसक्ने स्थानीय मनोज यादव बताउँछन् । उनका अनुसार नागरिकको कम्तीमा पनि १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्ण सिराहा नगरपालिका १० स्थायी बासिन्दा हुन् । अहिले दैनिक दर्जनौं पीडित व्यक्ति घर पुग्ने गरेको बताइन्छ ।
कृषि ज्ञान केन्द्र सिराहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगी मात्र भएको जानकारी दिएको छ । बजारमा कार्यालय सहयोगी कर्णले रकम असुली गरेको भन्ने हल्ला चलेका बेला आफूहरूले अनुसन्धान गर्दागर्दै कार्यालय छोडेर भागेको ज्ञान केन्द्रका प्रमुख महासेठले बताए ।
कर्ण कृषि ज्ञान केन्द्र स्थापना भएपछि २०७७ मा किसुनदेव राउत कार्यालय प्रमुख भएका बेला करार सेवाका कार्यालय सहयोगी नियुक्त भएको कार्यालय प्रमुख महासेठले बताए । प्रत्येक पीडितहरुबाट कर्णले पाँचदेखि नौ लाखसम्म लिएका थिए । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको पीडितहरूले बताए । ट्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिमा नबिल र ग्लोबल आईएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए । कर्णले नायव सुब्बाको परिचयपत्र झुन्ड्याएर ठगी गरेको पीडितहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो
जेठ १७, २०८१ बिहिबार
धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी
जेठ १६, २०८१ बुधबार
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार