पाण्डेविरुद्ध श्रेष्ठले उजुरी दिएपछि प्रहरीले थाल्यो छानविन
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १४:२५:३३
२८ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा परेका राप्रपा कार्यसम्पादन समिति सदस्य पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले प्रहरीमा जाहेरी दिएका थिए ।
पार्टी उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको उनको जाहेरीमा उल्लेख छ । राप्रपा कार्यसम्पादन समितिको बिहानको बैठकपछि खाना खान निस्कने क्रममा ठाकुरमोहन आक्रमणमा परेका थिए । आक्रमणको पछिल्लो दृष्य सञ्चारमाध्यम लाइभमा समेत कैद भएको थियो ।
सो घटनाका विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान थालेको छ । घटनाबारे नेता श्रेष्ठले निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको हो । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले घटनाको अनुसन्धान अघि बढाइएको जानकारी दिए । घटनामा संलग्नको खोजी गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार