कमला न्यौपानेको ‘सुनौलो बिहानी’ बजारमा
नेपालबहस संवाददाता
फागुन २८, २०८० सोमबार १६:२१:४१
२८ फागुन, काठमाडौं । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको इच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन् भन्ने यथार्थ वास्तविकता देखाउने कोशिश गरिएको छ ।
गीतमा यथार्थ र वास्तविकतालाई मीठो शब्द बनाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ । गीतलाई गुन्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुमधुर आवाज दिएकी छन ।
वास्तवमै गीत एकदम सुमधुर बनेको छ, गीत जत्तिकै मिठास भिडियोमा पनि हामीले उतारेका छौं भन्छन्, भिडियो निर्देशक युवराज वाईबा, गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकास दाहालको रहेको छ।
भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाइन्छ । गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यूजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक
जेठ ११, २०८१ शुक्रबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली
जेठ १५, २०८१ मंगलबार
कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण
जेठ १५, २०८१ मंगलबार
सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेठ १५, २०८१ मंगलबार
प्रिमियर लिगमा फर्किए यी तीन क्लब
जेठ १५, २०८१ मंगलबार
भावी रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक
जेठ १५, २०८१ मंगलबार