कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह
नेपालबहस संवाददाता
फागुन २९, २०८० मंगलबार १२:३१:४६
२९ फागुन, 'लम्की' कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन्।
उक्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उनले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन् । उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरेका छन् ।
पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौं र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताए ।
पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्ने नगर्ने बारेमा बताउन सकिने मुख्यमन्त्री शाहीले बताए । पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
गृहमन्त्री रवि लामिछानेमाथि कारवाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार