चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा
आबिद हुसेन
फागुन २९, २०८० मंगलबार १५:५९:३४
२९ फागुन, वीरगन्ज । आगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक शक्ति युवा क्लब परवानीपुरले जनाएको हो । मंगलबार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहल आयोजक क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा बाग्मती र मधेस प्रदेश अन्तर्गतका ८ वटा टिम सहभागी हुने जनाएको छ ।
करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिए । उनका अनुसार फुटबल प्रतियोगिताको लागी विभिन्न संस्थाहरू सहयोग गर्न तयार भएको र आयोजक क्लबका सदस्यहरूले पनि सहयोग गरिरहेको बताए ।
प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए ।
यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए । त्यस्तै प्रतियोगितामा खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।
आयोजक क्लबका अध्यक्ष राजमहम्द मियाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचीव ध्रुव प्रसाद साह , कोषाध्यक्ष सोनालाल मण्डल , आयोजक क्लबका टिम म्यानेजर संजय मण्डल , आयोजक क्लबका सदस्यहरु रवि राजा राम , रामप्रवेश कुशवाहा लगायतकाको सहभागीता रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तथा प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले गरेका थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपराष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई
जेठ ११, २०८१ शुक्रबार
बंगालदेश जाने कबड्डी टोलीको बिदाइ
जेठ १०, २०८१ बिहिबार
गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
ढकमक्क फुलेको ड्रागन फ्रुट
जेठ १७, २०८१ बिहिबार
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट
जेठ १७, २०८१ बिहिबार
घना बस्तीले भरिएको वीरेन्द्रनगरको पूर्वी क्षेत्र
जेठ १७, २०८१ बिहिबार