ट्राफिक प्रहरीले सुरु गर्यो यात्रुमैत्री अभियान, हरेक रुटमा सादा पोशाकका कर्मचारी
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १३:१३:५७
१ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले यात्रुमैत्री विशेष अभियानको थालनी गरेको छ । यात्रुहरूका लागि सुरक्षित, बिनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रुमैत्री अभियान–२०८० सुरु गरेको हो ।
यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भाडादर राखेको छ वा छैन ? ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिहरूका लागि आरक्षित सिट पालना भएको छ वा छैन ? लगायतका विषयमा अनुगमन गरी कार्यान्वयन गर्नका लागि अभियान थालिएको कार्यालयले जनाएको छ ।
अभियानका क्रममा सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुव्र्यवहार, भाडाका सवारीसाधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनधिकृत राइड सेय गरेकोलगायत विषयमा पनि अनुगमन हुने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
त्यसरी अनुगमनका क्रममा नियम कार्यान्वयन गरेको नपाइएमा आवश्यक कारबाही गरिने उनले बताए । उक्त अभियान पहिलो चरणमा यही चैत १४ गतेसम्म सञ्चालन गरिने छ । अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारी सादा पोशाकमा खटाइने र आवश्यकतानुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयबाट थप जनशक्ति परिचालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
पहिलो दिनको अनुगमनका क्रममा सवारीसाधनमा भाडादर नराख्ने दुई सय १७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरवाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने छवटा र बढी भाडा लिने दुई गरी जम्मा तीन सय तीनवटा सवारीसाधनका चालकलाई कारबाही गरिएको पनि उनले बताए ।
यो अभियानबाट यात्रुलाई सुरक्षित, सम्मानजनक, नठगिने वातावरणको सिर्जना हुनुका साथै यात्रुहरू समयमै गन्तव्यमा पुग्नलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ । अभियान सञ्चालन अवधिभरको अवस्थाका आधारमा अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।
अभियानको सम्पूर्ण अनुगमन तथा मूल्याङ्कन भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने र यात्रुहरूले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा दुव्र्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न पनि अनुरोध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुँवर
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार