जन्मदर्ताको प्रमाणपत्रसँगै राष्ट्रिय परिचय पत्रको नम्बर
नेपालबहस संवाददाता
चैत १, २०८० बिहिबार १५:२६:४६
१ चैत, काठमाडौं । सरकारले अबदेखि राष्ट्रिय परिचय पत्रको नम्बरसहित जन्मदर्ताको प्रमाणपत्र दिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गएको फागुन २७ गते राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको जनाएको छ ।
कुनै प्राविधिक कारणले जन्मदर्ता गर्दा राष्ट्रिय परिचय नम्बर प्राप्त हुन नसकेमा विभागमा सम्पर्क गरी राष्ट्रिय परिचय नम्बर प्राप्त भएपश्चात् मात्र प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्नु गराउन विभागले स्थानीय तह र विदेशस्थित नेपाली नियोगहरूलाई पत्राचार गरेको छ । विभागले जन्मदर्ताको प्रमाणपत्रमा अनिवार्य राष्ट्रिय परिचय नम्बर राखेर मात्र जारी गर्न भनेको छ ।
नेपाली नागरिकका सन्तानको जन्मदर्ता गर्दा नै स्थानीय पञ्जीकाधिकारीले विभागबाट तोकिएको बमोजिम परिचय नम्बर प्राप्त गरी सम्बन्धित व्यक्तिलाई त्यस्तो परिचय नम्बर प्रदान गर्नुपर्ने व्यवस्था भएबमोजिम विभागको २०८० फागुन २७ को निर्णयानुसार नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्न लागेको छ ।
विभागले सबै स्थानीय तह र नेपाली कूटनीतिक नियोगलाई पत्र लेखेर जानकारी गराएको छ । नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका सन्तानको जन्मदर्ताको प्रमाणपत्र संशोधन तथा प्रतिलिपि जारी गर्दा समेत राष्ट्रिय परिचय नम्बरसहितको संशोधन तथा प्रतिलिपि प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्न गराउन पनि विभागले पत्राचार गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
इमेलबाट पठाइएका निवेदनको दर्ता नं दिन सूचना आयोगको निर्देशन
जेठ १६, २०८१ बुधबार
बढेन कर्मचारीको तलब
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार