बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने
नेपालबहस संवाददाता
चैत ३, २०८० शनिबार १५:३:०
३ चैत, काठमाडौं । नेपालको बहुचर्चित र बिशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमेबाजाको संरक्षण तथा प्रवर्द्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्ने लक्ष्यसहित “बागमती प्रदेश स्तरीये धिमेबाजा प्रतियोगिता ११४४” को आयोजना गर्न लागेको शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
केन्द्रीय मानन्धर संघको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना तथा काठमाडौं महानगरपालिकाको लागत साझेदारीमा भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा चैत्र २४ गते धिमे बाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।
प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद रु २५ हजार, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद रु १५ हजार, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद रु १० हजारबाट प्रदान गरिने छ भने दशौं स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गरिने पनि जानकारी गराएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको मुल्यांकन गरि उत्कृष्ट पुरस्कारको व्यवस्था रहेको र प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्र प्रदान गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबरञ्जाको सात वर्ष पुरानो धुलेमेला
जेठ १८, २०८१ शुक्रबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार
दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
जेठ १९, २०८१ शनिबार
संघीयताको मर्मअनुसार प्रदेशले अधिकार पाएनः मुख्यमन्त्री पाण्डे
जेठ १९, २०८१ शनिबार
चीनको साउदर्न एयरलाइन्सको दैनिक दुई उडान सुरु
जेठ १९, २०८१ शनिबार
विधिको शासन सञ्चालनका लागि तीन अङ्गबीच समन्वय जरुरीः सभामुख घिमिरे
जेठ १९, २०८१ शनिबार
‘बेहुली फ्रम मेघौली’ को पोस्टर सार्वजनिक, ट्रयाकटर चलाउदै स्वस्तिमा
जेठ १९, २०८१ शनिबार