सिनेमाका नयाँ बजार र अवसरहरूको खोजी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार ११:३:५९
४ चैत, काठमाडौं । सिनेमाका नयाँ बजार र अवसरहरु बारेमा संवाद कार्यक्रम सम्पन्न भएको छ। चैत्र १ गते देखि काठमाडौंमा चलिरहेको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (NIFF) मा सो संवाद कार्यक्रम गरिएको हो।
उक्त्त कार्यक्रम चलचित्र पत्रकार संघ नेपालको संयोजनमा महासचिव रघुनाथ सापकोटाले सहजीकरण गरेका थिए। कार्यक्रममा नेपाली चलचित्रको नयाँ सम्भावना र बजार विस्तारका सन्दर्भमा कार्यक्रममा बहस गरिएको थियो ।
बहसमा फोटो पत्रकार तथा चलचित्र निर्माता श्रीधर पौडेल,कलाकार जीतु नेपाल, हाइलाट्स नेपालका प्रबन्धक जनक तामाङ,सिनेपेवलका पुष्पलता न्यौपान सहभागी थिए।
निर्माता श्रीधर पौडेलले नेपालमा देशभर ३५ जिल्लामा रहेको चलचित्र हल बढ्नुका सट्टा विस्तारै घट्दै गइरहेको बताए । चलचित्र प्रर्दशन गरेर भन्दा पार्टी प्यालेस, होटल वा रेष्टुरेन्टमा धेरै नाफा कमाउने देखेपछि हल सञ्चालक निरुत्साहित भएको उनको भनाई छ ।
डिजिटल बजारको रुपमा संसारभर स्थापित ओटिटि प्लेटफर्म समेत नेपालमा विस्तार हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । चलचित्र किनेर ओटिटीमा सञ्चालकहरुले नराख्नाले बजार विस्तार नभएको उनको तर्क छ । उनले भने, ‘कमिसन खानका ओटिटी चलाएको जस्तो देखियो । यसले न त बजार बढ्छ न दिगो नै हुन्छ ।
निर्माता पौडेलका अनुसार ओटिटि कम्पनीहरुले चलचित्रको प्रचारप्रसारमा समेत ध्यान दिएका छैनन् । ओटिटीमा चलचित्र प्रदर्शन भएपछि प्रचार प्रसारमा निर्माता निर्देशकले दौडधुप गर्नुपर्ने अनि कलाकारहरू प्रमोसनमा प्रयोग हुनुपर्ने अवस्था छ । ओटिटी कम्पनीले कुनै दायित्व लिइरहेको छैन । मात्रै कमिसन खान ओटिटी चलाएको अवस्था छ ।
डिजिटल प्लेटफर्मका सञ्चालकहरु नै विभाजित भएका कारण बजार विस्तारमा बाधा पुगिरहेको हाइलाट्स नेपालका प्रबन्धक जनक तामाङ बताउँछन् । एउटा पक्षले बनाएको ओटिटीमा अरुले चलचित्र नदिने सिण्डिकेट चलचित्र क्षेत्रमा रहेको अवस्थामा दर्शकले सबै सव्क्राइभ गर्न नसक्ने हुँदा बजार विस्तार नभएको उनी तर्क गर्छन् । भन्छन्, ‘नेपालजस्तो सानो र नयाँ बजार भएको ठाँउमा सबै मिलेर एउटा राम्रो ओटिटि सञ्चालन गर्न सके बजार विस्तारमा सघाउ पुग्छ ।’
कलाकार जीतु नेपाल ओटिटिमा खर्च गरेर दर्शकले चलचित्र नहेर्ने गरेको गुनासो गर्छन् । भन्छन्,‘हलमा चलचित्र चलिरहेको छैन । केही ओटिटि सञ्चालनमा छन् । तर कमाइरहेका छैनन ।’ कोरोना संकटको बेला खुलेका केही ओटिटी बन्द भएको उनी बताउँछन् ।
उनका अनुसार सामाजिक सञ्जाललगायत डिजिटल प्लेटफाम आएपछि चलचित्रको बजार खुम्चेको छ । धेरैले फेसबुक र युट्युवमा चलचित्र हेर्न थालेका छन् । यी माध्यम नहुँदा चलचित्र भवनहरुमा ५१ दिन मनाएका थिए । अहिले यस्तो अवस्था छैन । सिने पेवलकी पुष्पलता न्यौपाने ओटिटी प्लेटफर्मको सम्भावना रहेको दाबी गरिन् । अन्तररास्ट्रीय स्तरबाट चलेकामा नेपाली चलचित्रहरु दर्शकले हेर्ने गरेको उनी बताउँछिन् ।
उनका अनुसार दार्जलिङ, सिक्किममा नेपाली भाषाको चलचित्र बनाएर अन्र्तराष्ट्रिय ओटिटि नेटफ्क्सिलगायतमा बिक्री गरिरहेका छन् । संसारभर रहेका करिव ७ करोड नेपालीभाषीले ओटिटिबाट पैसा तिरेर नेपाली चलचित्र हेर्न चाहेको तर नेपाली चलचित्रकर्मीले यस क्षेत्रमा काम गरिरहेका छैनन् ।
कलाकार जितु नेपाल भने दर्शकले पछिल्लो समय पैसा नतिरि युट्युबमा निःशुल्क चलचित्र हेर्न चाहेको बताउँछन् । धेरै दर्शक युट्युवमा चलचित्र खोज्ने गरेको उनको बुझाई छ ।
पछिल्लो समय आफूले बनाएको चलचित्रको कपिराइट अधिकार आफैले राख्नु पर्ने ज्ञान आर्जन गरेको कलाकार नेपाल बताउछन् । भन्छन्, ‘मैले धेरै टेलि चलचित्र बनाए । टेलिभिजनहरुलाई दिए । अहिले लाखौं भ्युज कमाएको छ । हामी पछि परेका छौं ।’ पछिल्लो समय युट्युव केन्द्रित कार्यक्रम बनाउने कि टेलिभिजन वा ओटिटिका लागि बनाउने भन्नेमा आफू दोधारमा रहेको बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षा कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार