प्रदीप शाहीको नयाँ चलचित्रमा अभिनेता प्रदीपको जोडी बेनिषा
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार १३:१२:५९
५ चैत, काठमाडौं। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन्। टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुनेछ।
चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्का संग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन्। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।
चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए।
प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो। नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र विदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि विदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा
जेठ १८, २०८१ शुक्रबार
सुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार