तेस्रो परवानीपुर गोल्डकप : वीरगन्ज युनाइटेड क्लब सेमिफाइनलमा
आबिद हुसेन
चैत ५, २०८० सोमबार १९:२७:१५
५ चैत, वीरगन्ज । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्ज विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा नव जन जागृति युवा क्लब सिमरालाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले १-० गोल अन्तरले हराएको हो ।
परवानीपुर खेल मैदानमा भएको खेलको पहिलो हाफको पाँचौ मिनेटमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले पहिलो गोल गरे । उनले गरेकै गोल नै अन्तिम सम्म वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जको लागि निर्णायक रह्यो ।
वीरगन्ज युनाइटेड क्लबका खेलाडीले सुरु मै गरेको गोल नव जन जागृति युवा क्लबका खेलाडीले अन्तिम सम्ममा फर्काउन नसकेपछि पराजित हुन पुगेका हुन ।
आजको खेलमा वीरगन्ज युनाइटेड क्लब ,वीरगन्जका जर्सी नम्बर ११ का खेलाडी अमर डन्गोलले म्यान अफ दि म्याच घोषित भए । उनलाई परवानीपुर निवासी युवा प्रदीप सरार्फले नगद २१ सय सहित शिल्ड प्रदान गरे ।
अगामी चैत १० गते चल्ने प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा ,चिडिया दह स्टार क्लब रौतहट र वाग्मती फुटबल क्लब सर्लाही सहभागी हुनेछ ।
यस्तै प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरूको लागी विभिन्न विद्यामा विद्या गत पुरस्कार पनि राखिएको उनले बताए ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवको अध्यक्षतामा भएको खेलमा प्रमुख अतिथि राप्रपा पर्साका कोषाध्यक्ष रामेश्वर महतो थिए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपटेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
खेल पर्यटन प्रवर्द्धनका लागि ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’ हुने
बैशाख २७, २०८१ बिहिबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार