अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण विशेष हुने
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १२:१०:७
६ चैत, काठमाडौं । अप्रिल ८ मा हुन लागेको सूर्यग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्यग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्यग्रहण हुनेछ ।
यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको विन्दुमा आउनेछ र दुई बीचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर हुनेछ । ग्रहणको दिन सूर्यबाट पृथ्वी र चन्द्रमाको औसत दूरी करिब १५ करोड किलोमिटर हुनेछ ।
जसका कारण कुल सूर्यग्रहण करिब ७.५ मिनेटसम्म रहनेछ । यो आफैंमा दुर्लभ घटना हो। यसअघि सन् १९७३ मा अफ्रिकी महादेशमा यस्तो लामो सूर्यग्रहण देखिएको थियो ।
पूर्ण सूर्यग्रहण दक्षिणी प्रशान्त महासागरबाट सुरु हुनेछ। यो उत्तरी अमेरिका र मेक्सिको हुँदै क्यानडा पुग्नेछ। कोस्टारिका, क्युबा, डोमिनिका, फ्रेन्च पोलिनेसिया र जमैका जस्ता देशहरूमा पनि आंशिक रूपमा देखिनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन किनभने त्यो बेला यहाँ रात हुनेछ।
सन् २०२४ मा कुल दुईवटा सूर्यग्रहण हुनेछन् । दोस्रो सूर्यग्रहण अक्टोबर २ मा लाग्नेछ। यो एक एन्युलर सूर्यग्रहण हुनेछ, जसमा रिंग अफ फायर पनि देखिनेछ। यो सूर्यग्रहण अर्जेन्टिना र चिली जस्ता दक्षिण अमेरिकी देशमा देखिने छ । यो आंशिक रूपमा दक्षिण अमेरिका, अन्टार्कटिका र प्रशान्त महासागरमा देखिनेछ। यहाँ रात हुने भएकाले नेपालमा सूर्यग्रहण देखिने छैन ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउने अवस्थालाई सूर्यग्रहण भनिन्छ। यस कारणले सूर्यको छवि केही समयको लागि चन्द्रमाको पछाडि ढाकिएको छ, यसलाई सूर्यग्रहण भनिन्छ। यसका साथै २५ मार्च र १८ सेप्टेम्बरमा भने चन्द्रग्रहण देखिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार