आरबीका लागी नेपाल आउँदै ज्याकलिन फर्नान्डेज
नेपालबहस संवाददाता
चैत ६, २०८० मंगलबार १६:२८:४६
६ चैत, काठमाडौं । हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ल्याउने भएको छ। हिजो दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने खबर सार्वजनिक गरेको हो।
आरबीले ३० मार्चमा आफ्नो २७ औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछन्। सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन।
कार्यक्रम यहीँ मार्च ३० गते हुनेछ जसको शो ओपनरको रुपमा भने किम गुडबर्न आउने भएका छन्। हलिउड अभिनेता तथा मोडल किमको उपस्थितिले कार्यक्रममा थप रौनक थप्नेछ। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरु प्रस्तुत गर्नेछन।
कार्यक्रमका लागी आफु हर्षित रहेको ज्याकलिनले बताएकी छन। उनले हिजो कार्यक्रममै एक भिडियो सन्देशमार्फत आफु कार्यक्रमको लागी आतुर रहेको बताएकी हुन। किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागी आफु तयार भएको खवर पठाएका थिए जुन कार्यक्रमको बिचमा देखाईएको थियो।
ज्याकलिन आउने खवरसहित आरबी डायमण्डले हिजो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। आरबीको जरा समेट्ने यो लोगो पहिलाको भन्दा केही फरक र युनिक छ। आरबीको पहिलाको लोगो गोलाकार आकारको थियो। हिरामा गोलाकार आकारको जराजस्तै देखिने रेखाहरू आरबीका दिवंगत संस्थापक रमेश महर्जनको पृष्ठभूमिको एक प्रतीक हो जसले एक सामान्य किसानबाट हीराको दुनिँया र उत्कृष्टतामा उनले गरेको मेहेनतलाई झल्काउँथ्यो। अहिलेको लोगोले भने आरबी डायमण्डको मेहेनत र लगनशीलता, सुन्दरता र गहिरो जरा रहेको सम्पदाप्रतिको प्रतिबद्धता झल्काउँछ। परम्परा र आधुनिकताको मिश्रणसहितको लोगोको जटिल डिजाइनले ब्रान्डको समृद्ध इतिहास र भविष्यको लागि यसको दर्शनलाई समेट्छ।
नयाँ लोगोसँगै आरबीले हिजै आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको पनि घोषणा गरेको छ। नयाँ ब्रान्ड एम्बेसडरमा आरबीले चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका प्रमुख व्यक्तित्व रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो।
हिजो आयोजित कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न भएकोमा आरबी डायमण्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जन खुसी छन। उनी भन्छन,‘हामी हाम्रो नयाँ लोगो सार्वजनिक गर्न पाउँदा रेहान श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गर्न पाउँदा र हाम्रो २७ औं वार्षिकोत्सवलाई यस्तो रोमाञ्चक कार्यक्रमका साथ मनाउन पाउँदा हर्षित छौँ।’
आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा–प्रेरित डिजाइनका लागि प्रख्यात आरबी डायमण्ड ज्वेलर्स सन १९९७ बाट सञ्चालनमा आएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार