आधा सजाय हुने गरी सुन तस्करको मतियारका रूपमा महरासँग सीआईबीको बयान
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १३:३४:७
६ चैत, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा रहेका नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरासँग आजदेखि बयान लिँदैछ । सीआईबीले महरालाई सुन तस्करीको मतियारको भूमिकामा बयान लिने भएको हो ।
सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरामाथि सीआईबीले अनुसन्धान थालेको छ । स्वास्थ्य अवस्था कमजोर रहेका कारण महरालाई हाल नर्भिक अस्पताल भर्ना गरिएको छ । विद्युतीय सिगरेट (भेप)मार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा उनी जोडिएका छन् । सोही सुन तस्करीको सहयोगी भूमिका खेलेको आरोपमा अनुसन्धान हुने सीआईबीका प्रमुख एआईजी श्याम ज्ञवालीले जानकारी दिए ।
महरासँग बुधबार बयान सुरु गरिने उनले बताए । ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने क्रममा बयान लिन लागेको हो ।
महरामाथि सुन तस्करलाई सहयोग गरेको अर्थात् मतियारको आरोपमा अनुसन्धान हुने भएको हो । अदालतको अनुमति लिँदा नै प्रहरीले महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको छ ।
मतियारको कसुरमा मुख्य कसुरदारको भन्दा आधा सजाय हुने कानुनी व्यवस्था छ । सीआईबीले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयमार्फत म्याद माग गरेको थियो । तर विभिन्न रोग लागेको र आफू अस्वस्थ रहेको बताएका महराको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि अदालतले निर्देशन दिएको छ । महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान अगाडि बढाइन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख २७, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
बैशाख २६, २०८१ बुधबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
सडक किनारामा निर्माण गरेको सिंहको प्रतिमा
बैशाख २७, २०८१ बिहिबार
विश्वभरका झण्डा बागलुङमा
बैशाख २७, २०८१ बिहिबार
सर्वोच्च अदालतमा बिहीबारका सबै सुनुवाइ स्थगित
बैशाख २७, २०८१ बिहिबार
छ्यारछ्यारेमा निर्माण भएको मोटरेबल पुल
बैशाख २७, २०८१ बिहिबार
मनास्लु पदमार्गमा जथाभावी ढलेको मार्किङ पोल
बैशाख २७, २०८१ बिहिबार
पोखराको बेगनास ताल
बैशाख २७, २०८१ बिहिबार