बाल सुधार गृह वीरगन्जलाई ल्यापटप, कम्प्युटर र एयरकुलर प्रदान
आबिद हुसेन
चैत ७, २०८० बुधबार १५:१०:९
७ चैत, वीरगञ्ज । वीरगन्जको विर्तामा रहेको बाल सुधार गृहमा विभिन्न दातृ निकायले उपकरण र सामग्री सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय दातृ निकाय युनिसेफले एयर कुलर ८ थान , ४३ इन्चको एलईडी टीभी १ थान , ल्यापटप १ थान र डेक्सटप कम्प्युटर १ थान प्रदान गरेको हो ।
यस्तै टिपिओ नेपालले दराज, वेट मैशिन, क्यारेम बोर्ड, लुडो, ब्याडमिन्टन, चेस, योगामैट, वाइटबोर्ड लगायतका सामग्री बाल सुधार गृहलाई प्रदान गरेको हो। मंगलबार ती सामग्रीहरू बाल सुधार गृहका प्रमुख टीका काफ्लेलाई हस्तान्तरण गरिएको हो।
सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय बाल न्याय समितिका सदस्य सचिव एवं सर्वोच्च अदालतका रजिष्टार नारायण प्रसाद पन्थीले बाल सुधार गृहको लागि सर्वप्रथम पूर्वाधार फेर्नुपर्ने योजना बनाउनु पर्ने बताए । उनले पूर्वाधार निर्माणको लागि उपयुक्त जग्गा व्यवस्थापन गरि छुटै भवन बनाउन न्यायिक समितिको तर्फबाट पहल गरिने बताए ।
पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपक खनालले सुधार गृहमा कैदीलाई कोचेर राख्नु भन्दापनि उनीहरुलाई खेलकुद, शिक्षा, मनोरञ्जन लगायतका अन्य कृयाकलाप गर्ने व्यवस्थासँगै उपयुक्त पूर्वाधार र सरसफाई व्यवस्थापन भएमा मात्र साँच्चिकै सुधार गृह हुने बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले निगरानी गर्ने विभिन्न सरोकारवालाको आवश्यकता भएपनि सुधार गृहको नीतिगत निणर्य ,सुरक्षा, व्यवस्थापन तथा बजेट संचालन एउटै मन्त्रालयबाट भएमा सहज हुने सुझाव दिए । वीरगन्जको बाल सुधार गृहमा हाल १० वटा कोठामा ११६ जना बालकहरूलाई राखिएको छ।
कार्यक्रममा जिल्ला न्यायाधीशहरु ध्रुवराज त्रिपाठी, रोशन गजुरेल, मोना सिंह, पुरुषोत्तम नेपाल, वीरगञ्ज कारागारका प्रमुख फडिन्द्र दाहाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी लगायतको सहभागिता रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपजग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
वीरगञ्ज बन्दरगाहबाट ४० अर्ब ८३ लाख उठ्यो राजश्व
जेठ ३, २०८१ बिहिबार
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार