ट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रयोग अनुशिक्षण तालिम दिइयो
नेपालबहस संवाददाता
चैत ७, २०८० बुधबार १६:३४:५४
♦ सुरुचि भण्डारी
७ चैत, बारा । ट्राफिक प्रहरीको ‘ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण कार्यक्रम’ तालिम सम्पन्न भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन नेपालको आयोजनामा बाराको निजगढमा ट्राफिक प्रहरी हवल्दार र असाई लक्षित ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण तालिम मंगलबार बाराको निजगढमा सम्पन्न भएको हो ।
विश्व स्वास्थ्य सङ्गठन नेपालका नसर्ने रोग र मानसिक स्वास्थ्यका टोली नेतृत्व गरेका गम्पो दोर्जीले मधेश प्रदेशमा मोटरसाईकलमा अनिवार्य रुपमा हेलमेटको प्रयोग गराउनुपर्ने बताए । दोर्जीले दुर्घटनामा हेलमेटको प्रयोगले मुत्यृहुनेको सख्यामा कमी आउने भएकाले चालक र पछाडि बसेका व्यक्तिहरुले समेत हेलमेटको प्रयोग गर्ने वतावरण मिलाउन नेपाल सरकारसँग छलफल भएको बताए ।
ट्राफिक प्रहरीले तालिमका दौरान सिकेका व्यावसायिक ज्ञान र सिपलाई कार्यक्षेत्रमा लागु गरेमा दुर्घटना न्यूनीकरणहुने मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले बताए ।
समारोहमा प्रशिक्षार्थी प्रहरीहरूलाई दुर्घटना न्यूनीकरण गर्ने तथा मधेश प्रदेशमा मादक पदार्थ सेवन ९मापसे० र लागुऔषधको प्रयोगगरी सवारी चलाउनेलाई कारबाही गर्न ब्रेथलाईजरको प्रयोग गर्ने कार्यक्षेत्रमा लागु गर्न समेत प्रहरी नायव महानिरीक्षक पोखरेलले निर्देशन दिए ।
उनले ट्राफिक प्रहरी नागरिकको सेवामा समर्पित संगठन भएको कारण नागरिकप्रति सदैव उत्तरदायी र जिम्मेवार रहनुपर्ने समेत बताए ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भिम किरण बोगटी, जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतो, ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक घनश्याम श्रेष्ठ लगायतको सहभागिता थियो । अनुशिक्षणमा तालिममा ४८ प्रशिक्षार्थी सहभागी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा अज्ञात समूहद्वारा क्याम्पस प्रमुखमाथि गोली प्रहार
जेठ ३२, २०८१ शुक्रबार
पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
जेठ ३१, २०८१ बिहिबार
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार