अमेरिकाको १० बढी शहरमा 'उपहार' को रेगुलर शो हुने
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार ११:२७:५०
८ चैत, काठमाडौं । गत आइतबार अमेरिकाको कोलोराडो राज्यमा पहिलो शोको आयोजना गर्दै विदेश यात्रा थालेको फिल्म ‘उपहार’ अब रेगुलर शोमा प्रदर्शन हुने भएको छ ।
गत १९ तारिखमा कोलोराडो मै दोस्रो शोको समेत आयोजना गरिएको फिल्मको अमेरिकामा उच्च माग भएपछि निर्माण टिमले भोली शुक्रबारबाट अमेरिकाका १० बढि शहरमा रेगुलर शोसहित रिलिज गर्न लागेको हो ।
अभिनेत्री तथा निर्मात्री रेखा थापाले दिएको जानकारी अनुसार भोली शुक्रबार अर्थात् मार्च २२ तारिकदेखि टेक्सासको डालस, नेब्रास्काको ओमाहा, ओहायोको कोलम्बस र क्यालिफोर्नियाको लस एन्जल: शहर लगायतका अन्य सहरमा पनि प्रदर्शन हुँदैछ ।
दर्शकहरुबाट अत्यधिक माग भएपछि आफुहरुले फिल्म रेगुलर शोमा नै रिलिज गर्न लागेका हौं अभिनेत्री थापाले बताइन् ।
रेखा फिल्मस् र कपनगढी सिनेमाको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।
ज्ञानेन्द्र देउजाद्वारा निर्देशित फिल्मबाट अभिनेत्री रेखा थापाले मालिका रिलिजको ५ बर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन । बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णु कल्पित घिमिरेको छायांकन रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ ।
फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा
जेठ १८, २०८१ शुक्रबार
सुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने
जेठ १८, २०८१ शुक्रबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार