निजगढमा निःशुल्क स्वास्थ्य शिविरबाट ९ सय बढी महिला लाभान्वित
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार ११:४६:१७
♦ सुरुचि भण्डारी
८ चैत, बारा । महिलाहरूको स्वास्थ्य सम्बन्धी समस्या अधिक रहेको भन्दै निजगढ वडा नम्बर ५ र ६ मा मंगलबार र बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविर सम्पन्न भएको छ ।
साथी नेपालको आयोजना तथा काठमाडौं वीर हस्पिटल र निजगढ सामुदायिक अस्पतालको सहयोगमा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा भएको शिविरमा दुबै वडाका ९ सय भन्दा बढी महिला लाभान्वित भएका छन ।
निजगढ नगरपालिका वडा नम्बर ५ र ६ को सहकार्यमा स्त्री रोग विशेषज्ञ डा. आशिष बस्नेत सहितको टोलीले पहिलो दिन वडा नम्बर ५ मा ४ सय ७५ बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरेका थिए भने दोस्रो दिन वडा नम्बर ६ मा ४ सय २५ जनाको स्वास्थ्य जाँच तथा उपचार गरिएको हो ।
शिविरमा महिलाहरूको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण तथा उपचार गरिएको थियो ।
पाठेघर झरेर जटिल अवस्थामा पुगेका महिलाहरूलाई सुविधा सम्पन्न अस्पतालमा लगेर शल्यक्रिया सेवा प्रदान गरिने आयोजक साथी नेपालकी अध्यक्ष सरिता सापकोटाले बताइन ।
महिलाहरूको स्वास्थ्य अवस्थामा सुधार गर्न शिविरको आयोजना गरिएको अध्यक्ष सापकोटाले जानकारी दिइन । संविधान सभाका सदस्य एवं नेकपा एमालेका नेता पुरुषोत्तम पौडेलले शिविरको उद्घाटन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार