देशकै पुरानो चन्द्र नहर धमाधम पुनःनिर्माण हुँदै
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १२:२६:३९
८ चैत, राजविराज । मर्मतसम्भारको अभावमा जीर्ण बनेको मुलुकको सबैभन्दा पुरानो चन्द्र नहरको पुनःनिर्माण सुरु भएको छ ।
जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि रु दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण यादवले बताए ।
चन्द्रनहरअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाको फतेपुरदेखि महादेवा गाउँपालिका पकरीस्थित खाँडो खोलासम्म तत्काल ३२ वटा नयाँ ‘साइफन’को पुनःनिर्माण गर्ने गरी काम थालिएको उनले बताए । मर्मतको काम जापानी कम्पनी हाज्माले पाएको छ । आगामी दुई वर्षभित्रमा मर्मतसम्भारका सबै पूरा गर्नुपर्ने सम्झौता भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले ३१ किलोमिटर नहरको सुरु विन्दुदेखि अन्त्यसम्मको ३२ वटा नयाँ पुल र साइफन निर्माण गर्न हाज्मासँग सम्झौता गरेको अध्यक्ष यादवले बताए ।
बर्खायाममा बाढीबाट विभिन्न ठाउँमा बर्सेनि नहर भत्किका कारण मर्मत गर्नुपरेको हो । समयमा मर्मत समयमा नहुँदा सिँचाइ सुविधाबाट किसान वञ्चित भएका थिए । २०७३ को बाढीले सुब्बाटोल, बुधेवा, महुली, गङ्गाजली, मैनाकडेरी, बढहरालगायत एक दर्जन स्थानमा नहर भत्किएको थियो । नहर मर्मतका लागि अहिलेसम्म रु नौ करोड खर्च गरिएको कोशी पम्प चन्द्र नहर डिभिजन कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको पूर्वी भेग तोपा, मन्सापुर, भगवतपुर, अकवरपुर, महादेवा, सोनरा, पकरी, कजौली, बथनाहा, इनर्वा, भारदह, चक्ला, विषहरिया, गाउँमा चन्द्र नहरको आशामा हजारौँ हेक्टर जग्गामा गहुँ र धान खेती लगाउने गरेकामा प्रत्येक हिउँद र बर्खायाममा पानी नपाएका कारण किसानले चर्को मूल्यमा डिजल तथा विद्युतीय प्रणालीबाट सिँचाइ व्यवस्था मिलाउन बाध्य रहेको महदेवा गाउँपालिका पकरीका किसान महेन्द्रप्रसाद यादवले बताए ।
चन्द्रनहरको सञ्जाल फराकिलो रहेको भए तापनि विगत ३० वर्षदेखि उक्त नहरमा खेतीको समयमा पानी नआएको कारण ‘स्यालो ट्युबवेल’ तथा आकाशे पानीका भरमा यस क्षेत्रका किसानले खेती गर्दै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको सिमाना जोडिएको कोरला नाका पूर्वाधारको पर्खाइमा
जेठ १३, २०८१ आइतबार
तमोर–मेवा जलविद्युत आयोजनाको काम सुरु
जेठ ११, २०८१ शुक्रबार
गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित
जेठ १०, २०८१ बिहिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार