दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १२:२८:५६
८ चैत, म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ ।
ट्रष्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सम्पन्न कार्यशालामा ६१ हजारभन्दा बढी धारा जडान गरेर खानेपानी वितरण गरिएको ट्रष्टका कार्यक्रम निर्देशक दीपककुमार श्रेष्ठले बताए ।
नेपालको कुल जनसङ्ख्यामध्ये ग्रामीण भेगमा बसोबास गर्दै आएका तीन प्रतिशत जनसङ्ख्यामा ट्रष्टको आर्थिक सहयोगमा खानेपानीको पहुँच पुगेको दाबी गरे । “एकाउन्न जिल्लामा २ हजार ३८० वटा खानेपानी योजना निर्माण भएका छन्,” उनले भने “६१ हजार ६ सय ३४ धारा र चार सय ३१ वटा विद्यालयमा शौचालय निर्माण गरिएको छ ।” ट्रष्टले सन् १९७६ देखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्दै आएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –६ खिबाङ, –४ को पटार, छेम्दी –३ को दाना बजार, दुवाडी र काभ्रेमा निर्माण भएको खानेपानी योजनाबाट एक हजार ९०० जनसङ्ख्या लाभान्वित भएका ट्रष्टका इन्जिनियर लीला शेरचनले जानकारी दिए । उनका अनुसार ती योजनाहरुमा करिब रु। दुई करोड ४१ लाख खर्च भएको छ । साथै आगामी आर्थिक वर्षमा वडा नम्बर –४ नारच्याङको बेसी र लेखगाउँमा सञ्चालन गरिने योजनाका लागि रु। एक करोड १५ लाख ट्रष्टले खर्च गर्ने उनले बताए ।
दुई दिनसम्म सञ्चालन भएको ‘उत्थानशील खानेपानी, सरसफाइ तथा विपद् तयारी कार्यक्रम’ को सिकाई तथा अनुभव आदानप्रदान कार्यशालामा कोशी प्रदेशको ताप्लेजुङ देखि कर्णाली प्रदेशको हुम्ला जिल्ला सम्मका १६ वटा जिल्लाका १६ स्थानीय तहका प्रमुख, प्राविधिक र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
ट्रष्टले हाल १४ जिल्लाका चार नगरपालिका र १० वटा गाउँपालिकामा उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यशालामा खानेपानी योजना सञ्चालित १४ जिल्लाका १४ पालिका र विश्व खाद्य कार्यक्रमको स्थानीय सहयोग पूर्वाधार कार्यक्रम सञ्चालित जाजरकोटको बारेकोट गाउँपालिका र हुम्लाको ताजकोट गाउँपालिकाका प्रतिनिधिको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन
जेठ १९, २०८१ शनिबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार