पर्सा गाउँपालिकाको तालाबन्दी ३६ दिनपछि खुल्यो
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १३:१२:५२
८ चैत, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ । गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यले विभिन्न १९ बुँदे माग राख्दै गएको फागुन १ गतेदेखि गाउँपालिका कार्यालयमा गरेको तालाबन्दी बुधवार अपरान्ह खुलेको हो।
असन्तुष्ट जनप्रतिनिधिको १९ बुँदे मागका सम्वन्धमा आगामी कार्यपालिका बैठकमा छलफल भएपछि योजना सञ्चालन गर्ने सहमति गरी गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोलिएको छ । गाउँपालिकाका अध्यक्ष धिरेन्द्र रायको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आफूहरुको मागका सम्बन्धमा अर्को बैठकमा बृहत छलफल गर्ने गरी तत्काल तालाबन्दी खोल्ने सहमति गरेको पर्सा गाउँपालिका–२, सङ्ग्रामपुरका वडाध्यक्ष राकेश रामले जानकारी दिएका छन्।
उनका अनुसार सहमतिपश्चात गाउँपालिका अध्यक्ष राय, प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार यादवसहितको उपस्थितिमा गाउँपालिका कार्यालयमा लगाइएको ताला खोलिएको हो । तालाबन्दी खुलेसँगै आजबाट गाउँपालिकाको कामकाज नियमित सूचारु भएको छ । ३६ दिनसम्म गाउँपालिकामा तालाबन्दी हुँदा स्थानीय निराश बनेका थिए ।
गाउँपालिकाका असन्तुष्ट जनप्रतिनिधिले गत आर्थिक वर्ष २०७९/०८० को आय–व्ययको फाँटवारी उपलब्ध गराउनुपर्ने, शाखा प्रमुखहरुको कामकाज सन्तोषजनक नभएकाले हेरफेर वा आवश्यकता अनुसार हटाउनुपर्ने, स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीको तलबसहित नामावली विवरण उपलब्ध गराउनुपर्ने, इन्धन खर्चको विवरण उपलब्ध गराउनुपर्ने, २०७४ सालदेखि अहिलेसम्मको पेश्की र बेरुजु फछ्र्यौट गर्नुपर्नेलगायतका माग राखेको पत्रकार मुकेश झाले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकनन्दिनी बन्यो पूर्णखोप पालिका
जेठ १७, २०८१ बिहिबार
मधेशमा विपक्षीको सरकार बनाउने कसरतमा देउवा
जेठ १६, २०८१ बुधबार
ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार