बजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १६:५:३
८ चैत, नवलपरासी 'बर्दघाट' सुस्तापश्चिम । पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत केन्द्रको टर्वाइन बजेट अभावमा मर्मत हुन सकेको छैन । मुलुककै पुरानोमध्येको उक्त जलविद्युतमा १५ वर्षदेखि टर्वाइन बिग्रिएको छ ।
प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत केन्द्रका उपकरण पुरानो हुनुका साथै जीर्ण बन्दै गएको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युत्मा मर्मत र पूर्वाधार विकासको अभाव देखिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए ।
उनका अनुसार १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त केन्द्रबाट अहिले चारदेखि पाँच मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । तीन वटा टर्वाइन भएको जलविद्युत् केन्द्रमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ भने एउटा टर्वाइन बिग्रेर थन्केको प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार बजेट अभावले गर्दा टर्वाइनको मर्मत नभएको हो ।
जलविद्युत केन्द्रका अन्य उपकरण पनि पुरानो भएका छन् । “केही समय पहिला एउटा टर्वाइनले मात्र विद्युत् उत्पादन गर्ने अवस्था थियो । केही समयपछि बनाएर अहिले दुई टर्वाइनले विद्युत् उत्पादन गरिरहेको छ”, प्रमुख भुसालले भने, “विद्युत् उत्पादनका लागि उक्त जलविद्युत् केन्द्रमा पानीको मात्रा पनि पर्याप्त छैन ।”
दुई देशको दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने–बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले हामीले पर्याप्त मात्रामा पानी नपाएको उनले गुनासो गरे । विद्युतका विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोत खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ ।
विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले उक्त केन्द्र जीर्ण बनेको छ । धेरै पुरानो प्रविधिका कारण क्षमतामा ह्रास आएको जलविद्युत केन्द्रका प्रमुख भुसालले बताए । “पुरानो उपकरणकै कारणले पनि भारतको विहार वाल्मीकि नगरबाट लिने विद्युतलाई पनि पूर्ण क्षमतामा लिन नसक्ने अवस्था छ”, उनले भने ।
यहाँको उपकरण र विद्युत् भोल्टेजले पुराना उपकरणलाई जलाउन सक्ने भुसालको भनाइ छ । जलविद्युत केन्द्रका क्यानलमा सिल्ट 'बालुवा' भरिएर पनि विद्युत् उत्पादनमा समस्या भएको उनले जानकारी दिए ।
“गण्डक व्यारेज त्रिवेणीमा सिल्ट 'बालुवा' थिग्य्राउने उपकरण भए पनि काम लाग्ने अवस्थमा छैन”, प्रमुख भुसालले भने । अहिले गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनादेखि खानेपानीको अभाव : होटल व्यवसायी मर्कामा
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
बङ्गलादेशमा दुई करोड बालबालिकालाई भिटामिन ‘ए प्लस’ क्याप्सुल वितरण
जेठ १९, २०८१ शनिबार
‘संसद्ले कार्यपालिकालाई निगरानी गर्न नसके लोकतन्त्रमाथि खतरा’
जेठ १९, २०८१ शनिबार
सार्वजनिक यातायातलाई अपाङ्ग तथा अशक्तमैत्री बनाउन निर्देशन
जेठ १९, २०८१ शनिबार
चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति
जेठ १९, २०८१ शनिबार
खानेपानीका लागि महोत्तरीका महिलाहरु रातभर जाग्राम
जेठ १९, २०८१ शनिबार
वर्षा भएसँगै देशभर तापक्रम घट्यो, कहाँ कति छ ?
जेठ १९, २०८१ शनिबार