के हो सिटिजन्स बैंकले ल्याएको रियल टाइम फिक्स डिपोजिट ? यस्तो छ खाता खोल्ने तरिका
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार १२:४८:२१
१२ चैत, काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रका उपभोक्ता माझ दरिलो उपस्थिति जनाउँदै आएको सिटिजन्स बैंक इन्टरनेशनले आफ्ना ग्राहकहरू माझ उच्च प्रविधियुक्त सेवासुविधाहरु एकपछि अर्को गर्दै प्रदान गर्दै आएको छ । बैंकले उपलब्ध गराएको प्रविधियुक्त सुविधामध्ये एक हो ‘ रियल टाइम फिक्स डिपोजिट खाता’ । यसले सिटिजन्स बैंकमा कारोबार गर्दै आएका र नयाँ ग्राहकहरूलाई घरमै बसेर आफ्नो रकम जम्मा गर्ने अवसर प्रदान गरेको छ ।
यसबाट ग्राहकहरूलाई सानो कामका लागि बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । घरमा भएको कम्प्युटर, ल्यापटप र मोबाइलको माध्यमबाट घरमै बसी–बसी ग्राहकहरूले सिटिजन्स बैंकमार्फत आफ्नो कारोबार गर्न सक्नेछन् । पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा भित्रिएका सबै प्रविधिबाट प्राप्त हुने सुविधा यस बैंकले आफ्ना ग्राहकलाई दिएको छ । अहिले यो बैंकका ग्राहकलाई पैसा जम्मा गर्न, झिक्न, कसैलाई भुक्तानी दिन वा अन्य विभिन्न कामका लागि कारोबार गर्न सहज भएको छ ।
"रियल टाइम फिक्स डिपोजिट खाता" सिटिजन्स बैंकबाट घरमै बसी–बसी डिपोजिट गर्न सकिने खाता हो । यसलाई घरमै बसेर बनाउन सकिने भएको छ । यसबाट ग्राहकहरूलाई बैंकसम्म पुग्नुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । रियल टाइम फिक्स्ड डिपोजिट भनेको यो बैंकसँग जोडिएका नयाँ र पुराना ग्राहकले आफ्नो कम्प्युटर, मोबाइल र ल्यापटपबाट घरमै बसेर खोल्न सकिने मुद्दती खाता हो ।
सिटिजन्स बैंकको भनाइअनुसार यो खाता खोल्न सबैभन्दा पहिला सिटिजन्स बैंक इन्टरनेशनलको मोबाइल एप्लिकेशनमा लगइन गर्नुपर्दछ । त्यसपछि त्यहाँ देखिने ‘मोर’ अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिएको ठाउँमा क्लिक गर्नुपर्दछ । त्यहाँ देखिने फिक्स्ड डिपोजिट गर्ने विभिन्न योजनाका प्रकारहरू मध्ये आफूलाई मनपर्ने वा खोल्न चाहेको मुद्दती योजना छानेर रकम जम्मा गर्ने अवधि र जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुपर्छ ।
यी सबै काम गरेपछि आफ्नो ईमेल ठेगाना दिएर प्रोसिडमा क्लिक गर्नुपर्छ र तपाईँले उपलब्ध गराउनुभएको सबै विवरण ठिक भएको वा नभएकोबारे आफैंले जाँच गर्नुपर्छ । यदि सबै विवरण ठिक भएको खण्डमा सिटिजन्स बैंक इन्टरनेशनले ग्राहकको सो ईमेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउने छ र त्यसलाई पनि जाँच गर्नुपर्छ । यसरी मुद्दती खाता बनाउँदा र रकम जम्मा गर्दा तपाईँको खातामा आवश्यक रकम भने हुन जरुरी छ ।
बैंकका अनुसार फिक्स्ड डिपोजिट भनेको एक प्रकारको वित्तीय लगानी हो जुन व्यक्तिहरूलाई बैंक वा वित्तीय संस्थानबाट प्रदान गरिन्छ । मुद्दतीमा उच्च ब्याज आर्जन गर्न सकिन्छ । यसमा निश्चित समयका लागि निश्चित रकम जम्मा गर्नु पर्दछ । फिक्स्ड डिपोजिटमा राखिएको पैसा बैंकमा सुरक्षित रहन्छ र ब्याजका रूपमा प्राप्त गर्न सकिन्छ । फिक्स्ड डिपोजिट जति लामो समयसम्मको लागि लगानी गर्नुहुन्छ, ब्याजदर पनि उतिनै उच्च हुँदै जान्छ । छोटो अवधिको फिक्स्ड डिपोजिट तीन महिनाको हुन्छ भने भने दुई वर्ष वा सोभन्दा बढीको लागि गरिएको फिक्स्ड डिपोजिटहरू दीर्घकालीन लगानी मानिन्छ ।
पछिल्लो समय सिटिजन्स बैंकमा फिक्स्ड डिपोजिटमा लगानी गर्नु सबै भन्दा सुरक्षित मानिएको छ । यो बैंकले बजारको जोखिम र प्रतिफल दुवैको ग्यारेन्टी गरेको छ । अहिले सिटिजन्स बैंकले भ्वाइस रेकर्ड गराएर पनि यो खाता कसरी खोल्ने भन्ने कुरा सिकाएको छ । यसमा एक महिलाको आवाजमा रेकर्ड गराइएको छ र उसले यो रियल टायम फिक्स डिपोजिट खाता कसरी खोल्ने भन्ने जानकारी दिन्छ ।
उदाहरणको लागि तलको विवरण हेर्नुहोस्
‘म हुँ नागरिक, आज म तपाइलाई सिटिजन्स बैंकमा रियल टाइम फिक्स डिपोजिटका बारेमा जानकारी दिँदैछु । सिटिजन्स बैंक रियल टाइम्स फिक्स डिपोजिट भनेको तपाई आफैले आफ्नै कम्प्युटर, ल्यापटप र मोबाइलबाट घरमै बसि बसि खोल्न मिल्ने मुद्दती खाता हो ।
यो खाता खोल्नका लागि के के गर्नुपर्छ त ? सबैभन्दा पहिले सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा लगिन गर्नुहोस् । त्यसपछि ‘मोर’ अप्सनमा क्लिक गर्नुहोस् । अब फिक्स डिपोजिट लेखिएको स्थानमा क्लिक गर्नु होस । त्यहाँ तपाईँले विभिन्न योजनाका टाइपहरु देख्नु हुनेछ ।
ति योजनाहरुमध्ये आफूले खोल्न चाहेको मुद्दती खाताको योजना र जम्मा गर्ने अवधि रोज्नु होस् । अनि आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुहोस् । यी सबै गरेपछि आफ्नो इमेल ठेगाना भर्नुहोस् र प्रोसिडमा क्लिक गर्नुहोस् । अब तपाईंले प्रविष्ट गर्नुभएको सबै विवरणहरू ठीक भए नभएको जाँच गर्नुहोस् र ठिक भएमा तपाईँले उपलब्ध गराउनु भएको इमेल ठेगानामा तपाइको मुद्दती खाता सुचारु भएको सन्देश बैंकले पठाउनेछ । त्यसलाई जाँच गर्नुहोस् ।
याद राख्नुहोस्, तपाईँले जम्मा गर्न चाहनु भएको रकम तपाइको बचत खातामा हुन जरुरी छ । सिटिजन्स बैंकको एक हिस्सा बन्नु भएकोमा धन्यवाद ।’ #एडभाेटाेरियल
भिडियाे हेर्नुहाेस्ः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनआइसी एशिया बैंकले सार्वजनिक गर्यो आफ्ना ग्राहकहरूलाई कर्जा छुटसम्बन्धी योजना
जेठ १६, २०८१ बुधबार
एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा
जेठ १५, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
माधव नेपालको ओहोर-दोहोरले सत्ता समीकरणमा तरंग
जेठ १७, २०८१ बिहिबार
इजरायली सेनाद्वारा गाजाबाट इजिप्ट जाने सीमा नियन्त्रण
जेठ १७, २०८१ बिहिबार
इस्लामावादमा पनि बुद्ध जयन्ती मनाइयो
जेठ १७, २०८१ बिहिबार
ढकमक्क फुलेको ड्रागन फ्रुट
जेठ १७, २०८१ बिहिबार
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट
जेठ १७, २०८१ बिहिबार
घना बस्तीले भरिएको वीरेन्द्रनगरको पूर्वी क्षेत्र
जेठ १७, २०८१ बिहिबार