चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १०:१७:३१
१३ चैत, काठमाडौं । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सय वटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।
व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउन बन्दरगाह आइरहन्छन् । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाह बाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो ।
समुद्रसँग सम्पर्क नभएको हाम्रो देशमा यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दगाह सबैभन्दा कान्छो, अत्याधुनिक र सुविधायुक्त छ । प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र विशुद्ध मालसामान आयात निर्यातसँग मात्र सम्बन्धित छ । यतिमात्र नभई बन्दरगाहको एक भागलाई व्यवसायीले आफ्ना सामान भण्डारण गरेर राख्न सक्ने गरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ ।
आयात–निर्यातका लागि अत्यावश्यक मानिएका ‘लोड–अनलोड’ गर्ने यन्त्र, तिनलाई राख्ने गोदाम र र्याक व्यवस्था गरेर यसअघि भन्सारमा सामानको सुरक्षा सम्बन्धमा उठ्ने गरेका गुनासोलाई सम्बोधन गर्न खोजिएको छ । साथै सीसीटीभी क्यामेरा, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तवरले गरिएको छ । सामानको भन्सार जाँचपास प्रक्रियाका लागि सबै संयन्त्रका साथै बैंक सुविधा पनि यहीँ उपलब्ध छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सय वटा कन्टेनर राख्न सकिन्छ ।
द्रुतमार्गको प्रतीक्षा
बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ । त्यसैगरी निर्यात गरिने सामान पनि बन्दरगाहको जाँचपछि सोझै देशबाट बाहिरिने अवस्था हुनुपर्छ । अहिले त्यसो हुन सकिरहेको छैन । अहिले देशमा आयातित सामान सर्वप्रथम वीरगञ्जलगायत सीमा कार्यालयमा रहेका भन्सार कार्यालयमा जाँचपास हुन्छन् र काठमाडौँ आइपुग्छन् । त्यसरी काठमाडौँ आइपुगेका सामानयुक्त कन्टेनरलाई चोभार पुग्नु र पुनः त्यहाँबाट फर्काएर बल्खु हुँदै विभिन्न गन्तव्यतर्फ लैजानु एउटा झन्झटको काम भएको छ ।
द्रुतमार्ग सञ्चालनमा आएपछि अहिले आयात र निर्यातकर्ताले भोग्नु परिरहेका झन्झटिया प्रक्रिया खारेज हुन्छन् । काठमाडौँबाट तराईलाई जोड्ने ७२ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन छ । यो मार्ग सञ्चालनमा आएपछि सुक्खा बन्दरगाह नजिकबाट तराई (बारा जिल्लाको निजगढ) एक घण्टामा पुग्न सकिन्छ । यसले मालसामान ढुवानीका अधिकांश समस्याको समाधान गर्छ ।
दु्रतमार्गको निर्माण एकातर्फ भइरहँदा बन्दगाहको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर व्यवसायी मैत्री ढङ्गले चलाउन थालिएको छ । यसका लागि गत वर्षसम्म बन्दरगाहलाई कार्यालय आफैंले व्यवस्थापन गरेकोमा यस वर्षदेखि बोलपत्र आह्वान गरेर त्यसको व्यवस्थापन निजी क्षेत्रबाट हुन थालेको छ । ट्रान्स नेपाल टीआरएस लोजीपार्कले बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधि हरिश जोशीका अनुसार बन्दगाहको प्रयोगका लागि निजी क्षेत्र क्रमशः उत्साहित बन्दै जान थालेका छन् । वार्षिक रु तीन करोड बुझाउने गरी बन्दगाहको व्यवस्थापन गरिरहेको छ ।
व्यवसायी उत्साहित
पहिलोपटक चोभार बन्दगाह प्रयोग गरेका व्यवसायी पनि उत्साहित भएका छन् । इटालीबाट आयातित सामानको भन्सार जाँचपासका लागि त्यहाँ पुगेका एभेन्यु ट्रेड कन्र्सनका सञ्चालक विभोरकुमार अग्रवाल मुख्य कारोबार थलो (काठमाडौँ उपत्यका) नजिकै भन्सार जाँचपास गर्न पाउँदा सहज भएको बताउँछन् । यसअघि हामीलाई भन्सार जाँच प्रक्रिया सम्पन्न गराउन यहाँबाट वीरगञ्ज गइरहनु पर्ने र सम्बन्धित ठाउँमा आफ्नो सामानबारे प्रष्ट पार्न नपाउने समस्या हुन्थ्यो । चोभारबाटै भन्सार पास हुने भएपछि धेरै सजिलो भएको छ, उनले भने । भन्सारसम्बन्धी सबै प्रक्रिया अपनाउँदा सीमा नाकाको भन्दा करिब १२ दिन चाँडो भन्सार जाँच भइसक्ने अनुभव उनले सुनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने बजेट’
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार