रामायणको सुटिङका लागि धनुर्बिधा सिक्न थाले रणवीर कपुर
नेपालबहस संवाददाता
चैत १३, २०८० मंगलबार १५:५३:५७
१३ चैत, मुम्बई । गत वर्ष रणवीर कपूरको फिल्म ‘एनिमल’ ब्लकबस्टर भएको थियो । अहिले उनै अभिनेताले आफ्नो अर्को फिल्म ‘रामायण’ को बारेमा धेरै चर्चा बटुलिरहेका छन् । यस फिल्मको बारेमा अहिलेसम्म केही घोषणा नभए पनि अभिनेताले ‘रामायण’ मा भगवान रामको भूमिका निर्वाह गर्ने लगभग पक्का देखिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
जसका कारण उनले यो क्यारेक्टरमा आफुलाइ ढाल्नका लागि कडा तालिम पनि लिइरहेका छन् । सोही क्रममा सामाजिक सञ्जालमा केही तस्विर भाइरल भइरहेका छन्, जसमा रणवीर कपुरले आफ्नो आगामी फिल्मका लागि धनुर्विद्याको तालिम लिन थालेको देखिन्छ ।
एक्स ह्यान्डलमा रहेको एक फ्यान पेज खुशाली आरकेले एक तस्विर सेयर गरेका छन्, जहाँ रणवीर कपूर आर्चरी कोचसँग पोज दिइरहेका छन् । तस्विरहरू उनको घरको हो भन्ने देखिन्छ किनभने एनिमल अभिनेता यस समयमा क्याजुअल लुकमा देखिएका छन्। यी तस्विरहरू हेरेपछि अभिनेताको फिल्मलाई लिएर फ्यानमा उत्साह थपिएको छ ।
शनिवार रणवीर कपुरका फिटनेस कोचले पनि इन्स्टाग्राममा एउटा तस्विर पोस्ट गरेका थिए, जसमा अभिनेता जिममा कडा मेहनत गरिरहेको देखिएका थिए । तस्बिरमा रणवीरले वर्कआउट गियर लगाएका थिए र शिर्षासन गरिरहेको देखिन्छ। तस्बिर पोस्ट गर्दा ट्रेनरले क्याप्शनमा लेखेका थिए, ‘रणवीर कपूर फर्स्ट हेड स्ट्यान्ड, हेड स्ट्यान्ड, रामायण, न्यूजस्किल, ट्रेनिंगविथनेमू ह्यासट्यागहरूले यो कसरत रणवीरको आगामी फिल्म ‘रामायण’ को तयारीको एक हिस्सा हो भनेर संकेत दिइरहेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति चढेको हेलीकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला
जेठ ७, २०८१ सोमबार
काठमाडौंमा सुन लुटपाट गर्ने दुई जना पक्राउ
जेठ ७, २०८१ सोमबार
सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
जेठ ७, २०८१ सोमबार
आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी
जेठ ७, २०८१ सोमबार