गृहमन्त्रीलाई राज्यव्यवस्था समितिमा र्याखर्याख्ती ?
नेपालबहस संवाददाता
चैत १४, २०८० बुधबार १३:५४:५
१४ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सांसदहरूले प्रश्न उठाएर र्याखर्याख्ती बनाएका छन् । उनलाई सहकारी ठगीदेखि सुन प्रकरणमा समातिएका कृष्णबहादुर महरासम्मका मुद्दामा प्रश्न उठाएका हुन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका उनलाई सांसदले प्रश्न सोधेका हुन् ।
बैठक सुरु भएपछि एमाले सांसद रघुजी पन्तले दुर्गा प्रसाईंलाई जस्तो हतियार कतिलाई दिइएको छ, रेकर्ड छ कि छैन भने सोधेका थिए । पन्तले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार भेटिनु कत्तिको स्वभाविक हो भन्दै प्रश्न गरेका हुन् । उनले अदालत परिसरमा व्यवसायी दुर्गा प्रसाईँको सुरक्षा गार्डबाट हतियार भेटिएको विषय उठाउँदै उपत्यकाको समग्र सुरक्षा संरचनाको बारेमा प्रश्न उठेको बताए ।
समग्र उपत्यकाको सुरक्षा संरचना र अवस्था कस्तो छ । अदालतमा दुर्गा प्रसाईंबाट अत्याधुनिक हतियार भेटियो, यो कतिको स्वभाविक हो ? गलत मान्छेले बोक्दा के हुन्छ, यो नीतिको समीक्षा हुनुपर्छ, उनले भने । उनले यस्ता हतियार कति दिइएको हो त्यसको तथ्यांक माग गरेका छन् । दुर्गा प्रसाईंलाई दिएको जस्तो हतियार कतिलाई दिइएको छ, रेकर्ड छ ? फिर्ता लिनुपर्छ कि पर्दैन ?, उनले भने ।
समितिमा सहकारी प्रकरणमा जोडिएका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई (जीबी राई)को खोजी भएको छ । सांसद् पृथ्वी सुब्बा गुरूङले जीबी राईबारे अघिल्लो बैठकमा छलफल भएको र अहिले के भयो भन्दै प्रश्न गरे । जीबी राई खोइ भनेर हामीले अघिल्लो पटक सोधेका थियौँ, इन्टर पोलबाट समात्छौँ भनेर अघिल्लो बैठकमा भन्नुभएको थियो, त्यो के भयो मेरो प्रश्न छ, उनले भने ।
उनले गृहमन्त्रीलाई सुशासन कायम गर्ने विषय कहाँ पुग्यो भनेर प्रश्न सोधे । नयाँ गृहमन्त्री आउनुभएको छ, सुशासन कायम गर्ने भनेर अहिलेको गठबन्धनले भनेको छ । कुशासनको जालो भत्काउने काम भयो ? भएको छैन भने कहिले गर्नुहुन्छ ?,उनको प्रश्न छ । उनले प्रहरी ऐन चाँडो भन्दा चाँडो ल्याएर संघीयता कार्यान्वयन गर्नुपर्ने बताए ।
सहकारीको अनुसन्धान नसकिँदासम्म गृहमन्त्री लामिछाने पद बाहिर बस्नुपर्ने कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले बताए । सुन तस्करी प्रकरणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरे । समितिमा बोल्दै सांसद बडूले सुन तस्करीबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग राखे ।
उनले गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै आयोगले तयार पारेको रिपोर्ट सार्वजनिक गर्दा आमनागरिकले थाहा पाउने बताए । उनले सहकारी प्रकरणमा मुछिएका आरोपीहरू अझै पक्राउ नपर्नुले भूमिका शंकास्पद भएको प्रश्न गरेका छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम कसरी ग्यालेक्सी टेलिभिजनका आयो ?, उनले प्रश्न गरे ।
त्यस्तै, लामिछानेको नाममा एक करोड रुपैयाँ कसरी जम्मा भयो ? भन्दै प्रश्न गरेका छन् । त्यसको अनुसन्धान गर्न गृहमन्त्री लामिछानेले पद बाहिर बसेर सहयोग गर्न समेत आग्रह गरे । बाँसबारी छालाजुत्ता प्रकरणमा जोडिएका सांसद विनोद चौधरीको बयानबारे शंकास्पद तरिकाले गृह प्रशासनले व्यवहार गरेको आरोप लगाए ।
सांसदले गृह मन्त्रालयलाई व्यक्तिको चरित्रहत्या गर्ने उद्देश्यले उद्योगी व्यवसायीलाई पक्राउ गर्ने गरेको आरोप लगाए । सासंद बुद्धिमान तामाङले गृह प्रशासनले नागरिकमाथि गलत व्यवहार गरेको आरोप लगाए । बाँसबारी छालाजुत्ता प्रकरणमा राज्यले उद्योगपति विनोद चौधरी र सोही प्रकृतिको ललितानिवास जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलको छोरामाथि भएको व्यवहार फरक रहेको भन्दै तामाङले त्यसको जवाफ गृह प्रशासनले दिनु पर्ने बताए ।
यस्तै प्रतिनिधिसभा सदस्य हृदयराम थानीले सबै कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्नुपर्ने बताए । समितिमा थानीले सबै कालखण्डमा भएका भ्रष्टाचार छानबिन गर्न गठबन्धन बाधक हुनसक्ने बताए । कसैको सचिवालय सिंगो सुनमा मुछिएको छ । यो सक्नुहुन्छ कि सक्नुहुन्न हेर्दै छु । गिरीबन्धु टि स्टेटमा हात हाल्न सक्नुहुन्छ कि हुन्न ? क्यान्टोनमेन्टको कुरा सही बेठीक के हो ?, उनले प्रश्न गरे, ललितानिवास, वाइड बडी, यति र ओम्नीको कुरा छ । यसमा के गर्नुहुन्छ ? जनताले हेरेर बसेका छन् ।
यसअघि गरिएका प्रतिबद्धता पूरा गर्नेमा उनले शंका व्यक्त गरेका छन् । हिजो पटक–पटक हामी त्यसै छाड्दैनौँ भन्नुभयो । समाएर छाड्ने भनेको हो कि के हो ?, उनले भने, राज्यको करुणा हुन्छ भन्नुभयो । तजविजमा सबै करुणा भन्दै जानुभयो के हुन्छ ? । निर्मला पन्तको हत्यारा छानबिन गर्छु भने पनि त्यसतर्फ ध्यान नदिएको उनको गुनासो छ । जीवन चलाउनेको विषयमा पनि कुरा उठाएको भन्दै उनले प्रश्न गरे– अब के गर्नुहुन्छ ?
उनले गृहमन्त्री रवि लामिछानेलाई गडबड गर्ने छुट नरहेको बताए । समिति सदस्य सर्वेन्द्रनाथ शुक्लले जनताले अनुभूत गर्ने गरी काम नभएको आरोप लगाए । सीमामा निगरानी बढाएको दाबी गरे पनि अपराध नरोकिएको उनको भनाइ छ । सामान्य जनतामाथि मात्रै निगरानी बढाएको उनको टिप्पणी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार