NRN मेरिल्याण्ड निर्वाचनका लागी देशार समुहको उम्मेदारी सार्वजनिक !
इन्द्र रिजाल
बैशाख १०, २०७६ बुधबार ४:३६:५५
काठमाडौं । एन आर एन अमेरीका मेरिल्याण्ड च्याप्टरमा २०१९-२०२१० को लागी निर्वाचन हुने भएको छ । निर्वाचनका लागी अध्यक्ष पदमा महेन्द्र देशारले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् ।
मेरिल्याण्डका अग्रज ब्यक्तीहरुको आग्रहलाई स्वीकार गर्दै हाल: अध्यक्षका उम्मेदवार महेन्द्र देशारले अघिल्लो पटक अध्यक्ष हुने ईच्छाबाट पछि हटेर सचिवमा बसी सहमति गरेका थिए ।
त्यही सहमतिलाई आत्मसात गर्दै २ वर्ष पछि अध्यक्ष पदमा देशारले उम्मेद्वारी दिएका हुन् । मेरिल्याण्डमा बसोबास गर्दै आएका आमा , बुबा, दाजुभाइ, दिदीबहिनीको प्रेरणाले नै यहाँसम्म ल्याएको कुरा एन.आर. एन. मेरिल्याण्ड च्यापटरका वर्तमान सचिब महेन्द्र देशारले बताएका छन् ।
महेन्द्र देशार करिव १२ वर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन् । एन. आर. एन. मेरिल्याण्ड च्याप्टरको हाल हुन गैरहेको निर्वाचनमा महेन्द्र देशारको समुहलाई अत्यधीक मतले जिताउन उनले अपिल गरेका छन् ।
एन.आर.एन.यूएसएको राष्ट्रीय समिति र च्याप्टर बिचको सम्वन्धलाई अझै व्यवस्थित गर्दै स्थानीय छाता संगठन वाना र अन्य संघ संस्थाहरूको विचमा एकता र सहकार्य गरी वाल्टिमोर नेपाली समाजलाई उदाहरणीय समाजको रूपमा अघि बढाउनुका साथै अमेरिकामा बस्ने हरेक नेपालीहरुको दुख सुखमा मलम पट्टीको रुपमा सहयोग प्रदान गर्ने कुरा देशार समुहले जानकारी गराएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवासिङ्टन र अबुधावीमा गणतन्त्र दिवस मनाइयो
जेठ १६, २०८१ बुधबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार