बक्स अफिसमा २०२४ मा बलिउडको खराब सुरुवात
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १०:३७:११
१९ चैत, काठमाडौं । बलिउड फिल्मका लागि २०२४ त्यति राम्रो देखिएको छैन । यस बर्षका शुरुका तीन महिना बितिसकेको छ। अप्रिल सुरु भएको छ । यस बर्ष अहिलेसम्म बक्स अफिसमा कुनै पनि फिल्मले ५०० करोड कमाई गर्न सकेका छैनन् । अहिलेसम्म फिल्म ‘हनुमान’ ले विश्वभर ३३० करोडको आँकडा छुन सकेको छ ।
२०२४ को पहिलो तीन महिनामा रिलिज भएका शीर्ष ११ फिल्मको कलेक्शन पनि जनवरी २०२३ मा रिलिज भएको ‘पठान’ को भारतीय कलेक्शनको बराबर छैन । गत वर्षको पहिलो तीन महिनामा बलिउडले करिब १५०८ करोड रुपैयाँ कमाएको थियो । जसमा पठानको कमाई सबैभन्दा बढी थियो ।
जनवरी २५, २०२३ मा रिलिज भएको शाहरुख खानको पठानले भारतीय बक्स अफिसमा करिब ६५४ करोड रुपैयाँ कमाएको थियो । योसँगै ग्लोबल बक्स अफिसमा यसको कमाई १०५० करोड रुपैयाँ थियो ।
जनवरी-मार्च २०२४ को बीचमा जम्मा १३ वटा बलिउड फिल्म थिएटरमा रिलिज भएका छन् । जसमध्ये शीर्ष ११ फिल्मको विश्वव्यापी बक्स अफिस कलेक्सन करिब ८९९.९४ करोड भारु छ । जबकि भारतीय बक्स अफिसमा मात्र यी फिल्मको कलेक्सन ६१०.५५ करोड भारु रहेको छ ।
यस बर्ष रिलिज भएका फिल मध्ये फाइटरले भारतीय बक्स अफिसमा २१२ करोड भारु तथा विश्वभर ३३७ करोड कमाएको छ । त्यस्तै अजय देवगनको शैतानले भारतमा १३२ करोड कमाएको छ भने विश्वभर १८७ करोड भारु कमाएको छ ।
त्यस्तै शाहिद कपुरको फिल्म तेरी बातो मे ऐसा उल्झा दियाले भारतमा ८७ करोड कमायो भने विश्वभर १३३ करोड कमाएको थियो । त्यस्तै आर्टिकल ३७० ले भारतमा ७८ करोड र विश्वभर १०५ करोड कमाएको थियो ।
अप्रिलमा दुई ठूला फिल्मको भिडन्त
अप्रिल २०२४ को सुरुमा दुई ठूला फिल्मको भिडन्त हुनेछ । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ बक्स अफिसमा अजय देवगनको फिल्म ‘मैदान’सँग भिड्नेछ ।
५६ वर्षीय अक्षय कुमारको ‘बडे मियाँ छोटे मियाँ’ बाहेक अन्य तीन फिल्म रिलिज हुनेछन् जसमा ‘सिंघम अगेन’ अगस्ट १५ मा, ‘स्काई फोर्स’ अक्टोबर २ र ‘वेलकम टु द जङ्गल’ डिसेम्बर २० मा रिलिज हुनेछ ।
योसँगै अजय देवगन एकमात्र बलिउड स्टार हुन् जसका ६ फिल्म यस वर्ष रिलिज हुनेछन् । जसमध्ये ‘शैतान’ रिलिज भइसकेको छ भने अब ‘मैदान’ चैत १० गते रिलिज हुँदैछ । यसबाहेक अजय ‘सिंघम अगेन’, ‘रेड २’, ‘अरों मे कहाँ दम था’ र ‘गोलमाल ५’ जस्ता फिल्ममा देखिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार
यी ४ जनाले भुलेर पनि नखानुस् मेवा
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार