प्रशिक्षार्थी कर्मचारी नियुक्तिबारे कांग्रेसले माग्यो शिक्षामन्त्रीसँग जवाफ
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार १३:११:३९
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ मागेको छ । उसले यसबारे सदनमा आएर मन्त्रीले जवाफ दिनुपर्ने कांग्रेसको माग छ ।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद प्रदीप पौडेलले सरकारी कर्मचारीलाई पन्छाएर नयाँ नियुक्ति गरेर नयाँ जिम्मेवारी दिने कोसिस गरिएको खबर आइरहेको भन्दै यी तमाम विषय संसदलाई जानकारी गराइनुपर्ने बताए । हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी परिचालन गर्न नयाँ कार्यविधि ल्याएको छ । उक्त कार्यविधिका सन्दर्भमा कांग्रेस सांसद पौडेलले जवाफ माग गरेका हुन् ।
यस्तै पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन् । रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ । नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नु पर्ने ठाउँमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ । यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ? यस भित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छन, उनले भने ।
सांसद पौडेलले पञ्चशीलको कुटनीति अपनाउने देशले कुनै मुलुकको सेनामा भर्ती हुन पठाउन मिल्छ भन्दै थप प्रश्न गरे । १८ घण्टा काम गर्दा पनि ४० हजार बढी कमाउन सक्दैन । पैसा कमाइन्छ भन्ने झुटो हो । त्यसैले उनीहरू सेनामा भर्ती हुन जान्छन्, उनले भने । रुसी सेनामा कति नेपाली भर्ना भएका छन्, अवस्था के छ, आफन्त कुन पीडामा छन् भन्ने सरकार बेखबर भएको र खोजी गर्ने चेप्टा समेत नगरेको उनले आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफेरी सुरु भयो सत्ता गठबन्धनमा अविश्वास बढाउने खेल
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
अनलाईन मार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेठ १८, २०८१ शुक्रबार
कभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
जेठ १८, २०८१ शुक्रबार
भ्रष्टाचार आरोपमा जनही १३ लाख बिगो दावी गर्दै ८ जनाविरुद्ध मुद्दा दायर
जेठ १८, २०८१ शुक्रबार
पर्वतमा खरबुजाको व्यावसायिक उत्पादन सुरू
जेठ १८, २०८१ शुक्रबार
लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
जेठ १८, २०८१ शुक्रबार
जेठको चर्को घाममा पार्वतीलाई मकै पोलेर बेच्न भ्याइनभ्याइ
जेठ १८, २०८१ शुक्रबार