कांग्रेस संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठकले इलाम र बझाङको उम्मेदवार टुंगो लगाउने
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १०:७:५१
२० चैत, काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नं २ र बझाङ १ (क) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको टुंगो लगाउने भएको छ । यी क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उम्मेदवार टुंगो लगाउन कांग्रेसले संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
संसदीय बोर्डको बैठक दिउँसो २ बजे र कार्य सम्पादन समितिको बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । संसदीय बोर्डको बैठकले गरेको निर्णय कार्य सम्पादन समितिको बैठकले अनुमोदन गर्ने छ ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (क) मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । इलाममा तत्कालीन एमालेका सांसद सुवास नेम्वाङको निधन भएकाले र बझाङमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसले इलाम क्षेत्र नम्बर २ का लागि भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमार, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला तामाङमध्ये एक जनालाई उम्मेदवार बनाउनेछ ।
बझाङमा अभिषेक सिंह, सत्यराज भण्डारी, विष्णु कुमार सिंह, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालमध्ये एक जना उम्मेदवार बन्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता निधि
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार