यो पटक पनि सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १०:४८:४१
२० चैत, भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने जिब्रो छेड्ने जात्रामा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन् ।
नवौँपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए । कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्णले नौपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । यो वर्ष बुद्धकृष्णका कान्छा छोराले दोस्रोपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन लागेका स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए ।
सुजनका बुबा बुद्धकृष्णले जिब्रो छेडाउने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्ने बताए । सुजनले आफूले सानैदेखि बुबाले जिब्रो छेडाएर जात्रा चलाएको हेर्दै आएको सुनाए । जात्रा जोगाउन आफू यो वर्ष पनि जिब्रो छेडाउन तयार भएको उनले प्रतिक्रिया दिए ।
सुजनले भने,‘बुबाले जिब्रो छेडाउँदा म उहाँसँगै हुन्थेँ । उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्थ्यो र आँट आयो । त्यो मौका गत वर्ष जुर्याे । यस वर्ष पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेडाएर महाद्वीप बोकेर बोडे देश घुम्नेछु ।’
बुद्धकृष्णले भने, मैले जिब्रो छेडाउँदा सानैदेखि छोरा सँगै हुन्थ्यो । यो जात्रा जोगाउनुपर्छ । यो जात्रा नभए बोडेको पहिचान मेटिन्छ भन्ने मलाई मात्र होइन, मेरो छोरालाई पनि लाग्थ्यो । त्यसैले यस वर्ष उसले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छ । बोडेको संस्कृति जोगाउन अब हरेक वर्ष बोडेका युवा तयार हुनुपर्छ ।
जात्राअघि चैत २७ गते जिब्रो छेडाउने व्यक्तिले नाय पमाःको घरमा पुगेर नाय पमाः, कर्मी नायलगायत व्यक्तिलाई चार दाम चढाएर सगुन दिएर जिब्रो छेडाउने पक्का गर्नुका साथै सोही दिन जात्राको व्रत प्रारम्भ गर्ने परम्परा छ ।
जात्राका दिन व्रत बस्नेले जिब्रो छेडाउनुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवी–देवताको पूजाआजा गर्ने र प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेडाउने चलन छ । जिब्रो छेडाइसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महाद्वीप बोकेर बोडे सहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाइन्छ ।
वि.सं. १९६९ देखि १९९० सम्म हर्कनरसिंह बासँ श्रेष्ठले २२ पटक, १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठले ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दिलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३, २०७५, २०७६ र २०७८ मा गरी नौ र जुजुभाइ बासँ श्रेष्ठले २०६५ देखि २०७२ सम्म आठपटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबरञ्जाको सात वर्ष पुरानो धुलेमेला
जेठ १८, २०८१ शुक्रबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
यमनमा घातक आक्रमणपछि हुथी समुहद्वारा अमेरिकी जहाजमा आक्रमण
जेठ १९, २०८१ शनिबार
च्याम्पियन्स लिग फाइनल : उपाधिका लागि रियल म्याड्रिड र डोर्टमण्ड भिड्दै
जेठ १९, २०८१ शनिबार
शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
जेठ १९, २०८१ शनिबार
क्यामरा आकृतिको भवन
जेठ १९, २०८१ शनिबार
नेपालगञ्जका विद्यालयमा गर्मी बिदा बढाइयो
जेठ १९, २०८१ शनिबार