पर्वतको जलजलामा एक दम्पती मृतावस्थामा फेला
नेपालबहस संवाददाता
चैत २०, २०८० मंगलबार १४:१७:५
२० चैत, पर्वत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान –श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।
स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।
“घटनाको प्रारम्भिक अवस्था हेर्दा शङ्कास्पद देखिएको छ”, उनले भने, “पोखराबाट चिकित्सकसहितको टोली बोलाएर थप अनुसन्धानपछि मात्र घटनामा यकिन विवरण आउनेछ ।”
जलजला गाउँपालिका–२ का वडाअध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएको जानकारी दिए । दुवै जना रगताम्य अवस्थामा भेटिएका थिए । उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ
जेठ १७, २०८१ बिहिबार
भीमफेदी कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो
जेठ १७, २०८१ बिहिबार
सुर्खेत जीप दुर्घटनाः मृतकको सङ्ख्या ४ पुग्यो
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
आजदेखि महोत्तरीका विद्यालयमा पनि गर्मी बिदा
जेठ १७, २०८१ बिहिबार
पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिको काम धमाधम
जेठ १७, २०८१ बिहिबार
चितवन र मोरङबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
जेठ १७, २०८१ बिहिबार
इरानमा राष्ट्रपति पदको उम्मेदवारी दर्ता खुला
जेठ १७, २०८१ बिहिबार
नदीमा जलसतह बढेपछि विद्युत् भारततर्फ निर्यात सुरु
जेठ १७, २०८१ बिहिबार
अर्मेनियामा प्रधानमन्त्रीविरूद्ध विरोध प्रदर्शन
जेठ १७, २०८१ बिहिबार