अर्को बैठकमा संसदीय छानबिन समिति बनेको जानकारी नभए संसद चल्दैनः कांग्रेस
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १२:१२:२४
२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन नगरी कसैले उनलाई निर्दोष छन् भन्नुले थप शंका पैदा भएको बताएको छ । कांग्रेसले अबको बैठकमा आउँदा संसदीय छानबिन समिति नबने संसद् चल्न नसक्ने चेतावनी दिएको छ । कांग्रेसले संसद् कसैलाई दोषी करार गर्ने वा निर्दोष प्रमाणित गर्ने संस्था नभएको भन्दै छानबिन अनिवार्य भएको बताएको छ ।
कांग्रेसले आफूहरुको सहमति बगेर संसदमा कुनै प्रकारका एजेन्डा नबनाउन सभामुख देवराज घिमिरेलाई आग्रह पनि गरेको छ । अन्यथा, आफूहरु कठोर हुने चेतावनी दिएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसले उठेर विरोध गरेको थियो । सभामुख घिमिरेले समय दिएपछि कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले संसदमा एजेन्डा तय हुँदा प्रमुख प्रतिपक्षी र कार्य व्यवस्था परामर्श समितिको सहमति हुनुपर्ने बताए ।
बुधबार आफूहरुको असहमतिका बाबजुत एजेण्डा राख्न खोजिएको र सभामुखले त्यसलाई सच्याएको पनि उनले बताए । उनले भने, ‘यदि प्रमुख प्रतिपक्षको सहमति बेगर या कार्य व्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै पन प्रस्तुति रोष्ट्रमबाट आकस्मिक रुपमा गर्न लागियो भने त्यसमा फेरि प्रमुख प्रतिपक्षको विनम्रतापूर्वक तर, उत्तिकै कठोरतापूर्वक विमति रहने कुरा म पूर्वसूचना आजको हाउसमा सबै भन्द पहिले गर्न चाहन्छु ।’
उनले प्रधानमन्त्रीले निर्दोष छन् भन्दै गरेको भाषणले थप शंका जन्माएको बताए । सभामुख महोदय संसद् अवरोध नि गरेको भनेर हामीमाथि प्रश्न गरिँदैछ । संसद् लगातार चलिरहेको छ । हामीले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने हामीले संसद् अवरोध गर्नुपर्छ, उनले भने । उनले गृहमन्त्रीलाई चोख्याउनका लागि संसद्को प्रयोग हुन नहुने भन्दै प्रधानमन्त्रीदेखि सांसदले निर्दोष नहुने भन्दै छानबिन रोकेर द्वन्द्व ननिम्त्याउन चेतावनी दिए ।
यसो भन्दै गर्दा मलाई अकबर र बीरबलको कथा स्मरण हुँदैछ । चोरको दारीमा सिन्का भन्दा चोरले हतारहतार दारी छामेको थियो, शर्माले भने, गृहमन्त्रीजीमा जोस छ । हामी भन्दा ठूलो स्वरमा बोल्नु हुन्छ । रोष्ट्रममा गएर ठूलो स्वरमा म निर्दोष छु भनेर बोल्न मन होला । गृहमन्त्रीजीले संयोगले दारी पाल्नुभएको छ, आफ्नो दारी छाम्न हतार नगर्नुहोस् ।
छानबिनको माग गर्दा कांग्रेसले प्रधानमन्त्री अफर गरेको चर्चा गरिएको भन्दै उनले त्यस्तो हल्ला खारेज गरिएको बताए । उनले त्यसो भनेर गृहमन्त्री नै चाहिन्छ भन्नेले प्रधानमन्त्री किन लिएन होला भन्दै व्यंग्यात्मक प्रश्न गरे । व्यक्तिगत सम्बन्ध हुने कसैले फोन गरेको भए त्यसलाई खारेज गरिदिने बताए ।
उनले विश्वभर रहेका नेपालीहरुलाई त्यसरी चलाइएका भ्रमपूर्ण हल्लामा प्रधानमन्त्री छोडेर किन गृहमन्त्री नै चाहिन्छ भनेर लागेको भनेर प्रश्न गर्न पनि सुझाव दिए । उनले गृहमन्त्री रवि लामिछानेलाई बहसका लागि संसदीय समितिको कार्यालयमा आउन निम्तो दिए । उनले गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै दिएको अभिव्यक्तिबारे समितिमा बहस गर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार