उम्मेदवार छान्न बुढानिलकण्ठमा कांग्रेस संसदीय बोर्डको बैठक, यसपछि कार्य सम्पादन बस्ने
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार १६:४५:७
२१ चैत, काठमाडौं । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक सुरु भएको छ । संसदीय बोर्डबाट इलाम र बझाङमा हुने उपनिर्वाचनका उम्मेदवार टुंग्याएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ । कांग्रेस संसदीय बोर्डमा १३ जना पदाधिकारी छन् । हिजोको बैठकमा उम्मेदवारबारे सहमति नभएपछि आज पनि बैठक बोलाइएको हो ।
उपनिर्वाचनको उम्मेदवार टुंग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफल गरिरहेका छन् । तर, देउवा र संस्थापन इतर समूहका नेता शेखर कोइरालाबीच सहमति हुन सकेको छैन । आगामी वैशाख १५ मा इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचन तोकिएको छ ।
इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् । बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको छ । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कांग्रेससहित विपक्षी दलहरुले गरे संसद अवरोध, १५ मिनेटका लागि बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार