अमेरिकी डलरको भाउ सँगै युरो र पाउण्डको भाउ बढ्यो
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १०:४४:५
२२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको भाउ आज ०८ पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ २० पैसा र बिक्री दर १३३ रूपैयाँ ८० पैसा कायम गरिएको छ । यसअघि बुधबार एक डलरको खरिद मूल्य १३३ रूपैयाँ १२ पैसा र बिक्री दर १३३ रूपैयाँ ७२ कारोबार भएको थियो ।
बिहिबार यूरोपियन युरो एकको खरिद मूल्य १४३ रूपैयाँ ६० पैसा र बिक्री मूल्य १४४ रूपैयाँ २४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो ५६ पैसाले बढेको छ । बुधबार युरोको खरिद मूल्य १४३ रूपैयाँ ०४ पैसा र बिक्री मूल्य १४३ रूपैयाँ ६८ पैसा कायम गरिएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिद दर १६७ रूपैयाँ ५७ पैसा र बिक्री दर १६८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा ३१ पैसाले बढेको हो । बुधबार यसको खरिद दर १६७ रूपैयाँ २७ पैसा र बिक्री दर १६८ रूपैयाँ ०२ पैसा रहेको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिद दर भने ८६ रूपैयाँ ७८ र बिक्री दर ८७ रूपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिद दर भने ९८ रूपैयाँ १५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५९ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७८ पैसा कायम हुँदा बिक्री दर भने ८ रूपैयाँ ८२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९१ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिद मूल्य ३६ रूपैयाँ ५३ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ५१ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २७ पैसा र बिक्री दर ३६ रूपैयाँ ४३ पैसा तथा मलेसियन रिंगिट एकको खरिद दर बिहिबार २८ रूपैयाँ ०१ पैसा र बिक्री दर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिद दर ४३२ रूपैयाँ ८३ पैसा र बिक्री दर ४३४ रूपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिद दर ३५३ रूपैयाँ ३२ पैसा र बिक्री दर ३५४ रूपैयाँ ९१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार