कांग्रेस सभापति देउवाले पेलेरै इलाममा खड्का र बझाङमा सिंहलाई बनाए उम्मेदवार
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १३:१०:२
२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारकाे टुंगो लगाएको छ । तीन दिनदेखि लगातार बसेको बैठकमा सभापति देउवाले आफ्नो अडान नछाडेपछि उनले भनेकै खड्का र जोशी उम्मेदवार बन्ने भएका छन् । आज बसेको बोर्ड बैठकले इलाम क्षेत्र नम्बर २ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उमेदवार बनाउने भन्दै कार्यसम्पादन समितिमा नाम सिफारिस गरेको छ ।
संसदीय बोर्डले दुई जनाको मात्र नाम कार्यसम्पादन समितिमा सिफारिस गरेपछि उनीहरु उम्मेदवार भएका छन् । खड्का पार्टी सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । आगामी वैशाख १५ गते यी दुई क्षेत्रमा उपनिर्वाचन हुँदैछ । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार बोर्डले खड्कालाई टिकट दिने निर्णय गर्दै कार्य सम्पादन समितिलाई सिफारिस गरेको छ ।
यसअघि इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य भिडन्त थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए । देउवाको निवास बूढानीलकण्ठमा बुधबार बिहान उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल समेत गरेको थियो । त्यसपछि पनि देउवाले खड्कालाई नै यो पटक उम्मेदवार नबनाए अन्याय हुन्छ भनेर अडान लिएपछि बोर्ड बैठकले उनको नाम पठाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार