नेप्सेमा झिनो गिरावट, आज तीन अर्ब तीन करोडको कारोबार
नेपालबहस संवाददाता
चैत २२, २०८० बिहिबार १५:५२:३५
२२ चैत, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर रु तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सातमा कारोबार भएको छ ।
कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड ३२ लाख ९१ हजार छ सय १२ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १८ करोड ३८ लाख ६७ हजार चार सय, सर्वोत्तम सिमेन्ट रु १८ करोड २४ लाख ७१ हजार पाँच सय ५६, सूर्यज्योति लाइफ इन्स्योरन्स रु छ करोड २३ लाख र सोनापुर मिनरल्स रु छ करोड दुई लाख ९३ हजार आठ सय ५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै मनकामना स्मार्ट लघुवित्तको नौ दशमलव ९९, गुराँस लघुवित्तको नौ दशमलव ९७, तारागाउँ रिजेन्सी होटलको नौ दशमलव ९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य नौ दशमलव २१ प्रतिशतले बढेको छ ।
साथै पिपल्स पावरको नौ दशमलव शुन्य पाँच, सर्वोत्तम सिमेन्टको पाँच दशमलव ८५, रिभर फल्स पावरको चार दशमलव शून्य नौ, इमर्जिङ नेपालको तीन दशमलव ४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ३१ प्रतिशतले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार
आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षा हुने
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार