करणी र कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई कैद फैसला
नेपालबहस संवाददाता
चैत २३, २०८० शुक्रबार १४:५५:७
२३ चैत, दमौली 'तनहुँ' । पैतालिस वर्षीया महिलालाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा तनहुँ जिल्ला अदालतले अभियुक्तलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी गाउँपालिका–६ बस्ने नारायण भन्ने समबहादुर भुजेल, सोही ठाउँका क्यानम भन्ने चन्द्रबहादुर भुजेल र दुई नाबालकलाई कैद तथा जरिवानाको फैसला सुनाएको हो ।
अभियुक्त नारायण भन्ने समबहादुर भुजेललाई १२ वर्ष कैद र रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए । पौडेलका अनुसार निजबाट मृतकका छोरालाई रु एक लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको छ ।
त्यस्तै अर्का अभियुक्त क्यानम भन्ने चन्द्रबहादुर भुजेललाई १० वर्ष कैद, रु एक लाख जरिवाना र रु ५० हजार क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार पौडेलले बताए । निज चन्द्रबहादुर मृतक महिलाका श्रीमान् हुन् ।
सोही घटनामा संलग्न भएका सोही ठाउँका १७÷१७ वर्षीय दुई बालकलाई जनही आठ वर्ष कैद फैसला भएको छ । ती दुई बालकलाई १२ वर्षको कैद सजाय भए पनि नाबालक भएका कारण चार वर्ष कैद मिनाहा भएको हो ।
समबहादुर भुजेलसहित तीन जनाले २०७८ फागुन २८ गते राति पीडितकै घरमा गई मृतकका पति चन्द्रबहादुरलाई समातेर घर बाहिर लगी पालैपालो बलात्कार गरेको आरोप मृतकका छोराले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । मदिरा सेवनबाट लट्ठ भएकी कुमारीलाई आरोपितले पालैपालो बलात्कार गरेको अदालतले पनि ठहर गरेको छ ।
बलात्कार गरेर ती युवा भागेपछि घरभित्र गएका चन्द्रबहादुरले आफ्नै पत्नीले ती युवाहरुलाई बोलाएको आशङ्कामा ओदान अड्याउन राखेको ढुङ्गाले टाउकामा हानी हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
मृतकका छोराले २०७८ फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित चारैजनालाई २०७८ चैत १ गते पक्राउ गरेको थियो । शवको फागुन २९ गते दमौली अस्पतालमा शव परीक्षण भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले आरोपितविरुद्ध विसं २०७८ चैत २१ गते जिल्ला अदालतमा जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेको थियो । आरोपित चारै जना जिल्ला अदालतको आदेशमा चैत २३ गतेदखि पुर्पक्षका लागि थुनामा थिए ।
करणी अभियोगमा साढे सात वर्ष कैद
तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी अभियोगमा एक अभियुक्तलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलासले अभियुक्त आँबुखैरेनी–५ का रोशन भन्ने मेषबहादुर गुरुङलाई सात वर्ष छ महिना कैद फैसला सुनाएको हो ।
साथै निजलाई रु दुई लाख जरिवानाको फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार निजलाई तीन महिना कैद र रु ३० हजार जरिवानाको फैसला थप भएको छ । त्यस्तै पीडितलाई रु ५० हजार क्षतिपूर्ति र राहत कोषमा रु ११ हजार दुई सय भराउने फैसला भएको छ । युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा अभियुक्तविरुद्ध विसं २०७८ फागुन २० गते अदालतमा मुद्दा दर्ता भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार