हीरामण्डीबाट कमब्याक गर्दै फरदीन खान
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार ११:५३:३३
२५ चैत, काठमाडौं । अभिनेता फरदीन खान १४ वर्षपछि सञ्जय लीला भन्सालीको सिरिज हीरामण्डीबाट कमब्याक गर्दैछन् । निर्माण पक्षले पोस्टर सेयर गरेर यो जानकारी दिएको हो ।
उनले यस पिरियड ड्रामा सिरिजमा अली मोहम्मदको भूमिका निर्वाह गर्नेछन् । फरदीन अन्तिम पटक २०१० मा आएको फिल्म 'दुल्हा मिल गया' मा देखिएका थिए । त्यसयता फरदीन फिल्म पर्दाबाट गायब भएका थिए ।
फरदीनले सन् २००१ मा फिल्म ‘प्रेम अगन’ बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म उनका बुबा फिरोज खानले निर्देशन गरेका थिए । फरदीनले आफ्नो करियरमा ‘नो एन्ट्री’ र ‘हे बेबी’ जस्ता मल्टिस्टार फिल्ममा अभिनय गरेका थिए तर उनी कहिल्यै एकल हिट भएनन् । सन् २०१० मा रिलिज भएको ‘दुल्हा मिल गया’ उनको अन्तिम फिल्म थियो ।
सञ्जय लीला भन्सालीको आगामी सिरिज हीरामंडी लामो समयदेखि चर्चामा छ । यस सिरिजमा मनिषा कोइराला, सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सञ्जीदा शेख, शर्मीन सहगल, फरिदा जलाल जस्ता कलाकारहरुको अभिनय रहनेछ । सिरिजमा जम्मा ८ एपिसोड हुनेछन् । यो शृङ्खला मे १, २०२४ मा नेटफ्लिक्स मा रिलिज हुनेछ ।
रिपोर्टका अनुसार हिरामण्डीको इतिहास ४५० वर्ष पुरानो छ । यो पाकिस्तानको लाहोर सहरको एउटा क्षेत्र हो । यसलाई ‘शाही मोहल्ला’ पनि भनिन्छ । उज्बेकिस्तान र अफगानिस्तानका महिलाहरू हिरामण्डीमा आउने गर्थे । यहाँ आएर उनी शास्त्रीय नृत्य र गीत गाउने गर्थे । अकबरको शासनकालमा हिरामण्डीलाई ‘शाही मोहल्ला’ भनिन्थ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार