गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्ध कांग्रेस सर्वोच्च जाने, आफ्नो हस्ताक्षरबारे सभामुखले जनाए आपत्ति
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १४:१५:३९
२५ चैत, पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट विवादमा तानिएका छन् । उनले हस्ताक्षरको सनाखत नगरी दावी अनुसार मुख्यमन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेपछि सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीको दाबीका लागि अधिकारीको पक्षमा आफूले हस्ताक्षर नगरेको बताएका छन् ।
सभामुख धितालले आफूले हस्ताक्षर नगरेको र राजीनामा पनि नदिने अडान लिएका छन् । यता, अवैंधानिक ढंगबाट खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेसले सर्वोच्च जाने तयारी गरेपछि प्रदेश प्रमुख भट्ट विवादमा तानिएका हुन् । गठबन्धनले गरेको दाबी पेस असंवैधानिक भएको भन्दै कांग्रेस सर्वोच्च जान लागेको कांग्रेस संसदीय दलमा प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
कांग्रेस अहिले सर्वोच्च जानेबारे छलफलमा जुटेको छ । गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङको समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए । त्यसपछि प्रदेश प्रमुखले खगराजलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसपछि कांग्रेसले विरोध जनाउँदै सर्वोच्च जाने तयारी गरेका हो ।
यस्तै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्रीको दाबीका लागि एमाले संसदीय दलका नेता खगराज अधिकारीको पक्षमा आफूले हस्ताक्षर नगरेको बताएका छन् । अधिकारीले सभामुखलाई समेत गणना गरी प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङेसमेत जोडेर उनले आफ्नो पक्षमा ३१ मत देखाएका छन् ।
६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन आवश्यक बहुमत संख्या पनि ३१ चाहिन्छ । यसमा सभामुखको पनि हस्ताक्षर छ भनिएको थियो । तर, सभामुख धितालले आफूले हस्ताक्षर नै नगरेको बताएका छन् । सभामुख कुनै सरकार बनाउने वा ढाल्ने प्रक्रियामा सामेल हुन पाउँदैनन् । यसअघि कोसी प्रदेशमा सभामुखको समेत हस्ताक्षर गरी दाबी पेस गर्दा कांग्रेस केदार कार्की नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई मन्त्रीसहित गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
यार्सागुम्बा संकलनको पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु, सुरक्षा व्यवस्थापन कडा
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार