आरभको एकल चित्रकला प्रदर्शन
नेपालबहस संवाददाता
चैत २५, २०८० आइतबार १६:४५:४८
२५ चैत, काठमाडौं । युकेजीमा पढ्ने छ वर्षीय आरभ बन्धुले भर्खरै अक्षर चिन्दैँ छन् । अक्षरभन्दा बढी उनी चित्रका रेखा स्पष्ट र कलात्मक ढङ्गले उर्तान सिपाली छन् । हुने विरुवाको चिल्लो पात भने जस्तै, अहिलेदेखि नै आरभको चित्रकलामा भविष्य उज्ज्वल देखिन्छ ।
आज नयाँ बानेश्वरस्थित एनबी सेन्टरको पहिलो तल्लामा उनको एकल चित्र प्रदर्शन भएको छ । घुमेर दृश्य अवलोकन गरी पेन्सिलले कोरिहाल्ने उनको स्वभावको परिणाम स्वरुप सानै उमेरमा एकल चित्रकला प्रदर्शन गर्न सम्भव भएको उनका बुवा भरतबन्दु थापाले बताए ।
भक्तपुर बस्ने आरभका अनुसार १५ दिनमा २५ वटा स्केच कोरेका छन् । पशुपति तथा जानकी मन्दिर, जात्रा, शिव लिङ्गलगायत प्राकृतिक दृश्य उनले चित्रमा उतार्ने गर्छन् । आरभको कला नियाल्न बालबालिकादेखि बुढापाकासम्म झुम्मिएका थिए । भविष्यमा चित्रकार बन्ने उद्देश्य राखेका आरभ भन्छन्, “चित्र कोर्न पाउँदा खुसी मिल्छ ।”
छोराको कलाप्रतिको रुची बुझेरै परिवारमा हौसला प्रदान गर्न एकल चित्रकला प्रर्दशनी राखिएको उनकी आमा गीताञ्जलीले बताइन् । “बालबालिकाको रुचीमा अभिभावक सहयोगी हुनुपर्छ”, उनले भने, “हाम्रो थोरै हौसलाले धेरै प्रगति गर्न सक्छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको आशय स्वीकार्य छैनः अध्यक्ष लम्साल
बैशाख १८, २०८१ मंगलबार
कर्णालीको सरकार विस्तार, ४ मन्त्रीले लिए शपथ
बैशाख १८, २०८१ मंगलबार
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा ९ सैनिकको मृत्यु
बैशाख १८, २०८१ मंगलबार
टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा, को-को परे ?
बैशाख १८, २०८१ मंगलबार
दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो
बैशाख १८, २०८१ मंगलबार
भारतबाट नेपालतर्फ सामान ल्याउँदै स्थानीय बासिन्दा
बैशाख १८, २०८१ मंगलबार