अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्वजनिक हुँदै
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार ९:४०:५७
२६ चैत, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनले सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पः द राइजमा उत्कृष्ट अभिनय गरेका थिए । उनको कामलाई दर्शकले निकै मन पराएका थिए र फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो ।
अब अल्लु अर्जुनले यस फिल्मको दोस्रो भागको दोस्रो टिजर सार्वजनिक हुने भएको छ । अभिनेताले आफ्नो जन्मदिनको अवसरमा फिल्म ‘पुष्पा २ः द रुल’ को टिजर रिलिज गर्ने जानकारी उनले इन्स्टाग्राम मार्फत फ्यानहरुलाई दिइसकेका छन ।
अल्लु अर्जुनले यही अप्रिल ८ मा आफ्नो ४२ औं जन्मदिन मनाउँदै छन् । उनका सबै फ्यानहरु उनको जन्मदिनको प्रतिक्षामा छन् किनभने यही दिन ‘ पुष्पा २ः द रुल’ को टिजर रिलिज हुँदैछ । आउनुहोस् हामी तपाईलाई बताउँछौं कि यो कहिले आउँछ र पहिलो टिजर कहिले रिलिज हुन्छ।
अल्लु अर्जुनले फिल्म ‘पुष्पा २ः द रुल’को अर्को पोस्टर सेयर गरेका थिए । यो पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘पुष्पा २ः द रुल’को टिजर सोमवार बिहान ११ : ०७ बजे। अर्थात ८ अप्रिलमा आउनेछ । सोसँगै यो दिन अल्लु अर्जुनले आफ्नो ४२ औं जन्मदिन मनाउने छन् ।
यो पोस्टरमा अल्लु अर्जुन आफ्नो ‘पुष्पा’ स्टाइलमा बसेका छन् । उनको हातमा बञ्चरो छ र केही मानिस उनको पछाडि उभिरहेका छन्। ‘पुष्पा’ जसमा बसेको छ, त्यो सिंहासन जस्तो देखिन्छ । गत वर्ष अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको थियो ।
यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो । फिल्म पुष्पाको पहिलो टिजरमा पुष्पा २ को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो ।
चलचित्र ‘पुष्पा २ः द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्मको अल्लु अर्जुन अर्थात् पुष्पा र रश्मिका मन्डन्ना अर्थात् श्रीवल्लीको फर्स्ट लुक सेयर गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार