कोशीका मुख्यमन्त्रीले मध्यावधीमा जाने चेतावनी दिइरहेका बेला सरकारबाट बाहिरियो माओवादी
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १५:११:२०
२६ चैत, विराटनगर । नेकपा माओवादी कोशी सरकारबाट बाहिरिएको छ । प्रदेश सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएर माओवादी प्रदेश सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री केदार कार्कीले भने मध्यावधीमा जाने चेतावनी दिएका छन् । एमाले नेतृत्वमा सरकार बनाउन राजी हुँदै माओवादी सरकारबाट बाहिरिएको हो ।
सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । माओवादीका मन्त्रीहरू राजेन्द्र कार्की, गणेश उप्रेती र नारायण बुर्जाले राजीनामा गर्ने निर्णय भएको संसदीय दलका नेता इन्द्र आङ्बोले जनाए । आङ्बोले माओवादीले पनि विश्वासको मत फिर्ता लिएर सोमबार नै संसद्को बहुमत सदस्यले वैकल्पिक सरकार बनाउन सहयोग गर्ने जानकारी दिए ।
कोशी प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि मुख्यमन्त्री केदार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका थिए । कांग्रेसका सांसद उनले प्रदेश सदस्यको हैसियतले बहुमतसिद्ध गरी मुख्यमन्त्री दाबी गरेका थिए । एमालेको सहयोगमा मुख्यमन्त्री भएका उनलाई पछि माओवादीले समर्थन गरेपछि विश्वासको मत लिएका थिए ।
कांग्रेसका कार्कीले सरकार निर्माणका लागि अन्तिम धारा १६८ (५) प्रयोग भएकाले मध्यावधिको चेतावनी दिए पनि संविधानविद्ले बहुमतसिद्ध गर्न सक्ने दलले मुख्यमन्त्री दाबी गर्न सक्ने बताउँदै आएका छन् । माओबादी बाहिरिएपछि कोशीमा पनि संवैधानिक संकट सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
जेठ १८, २०८१ शुक्रबार
मनाङ घुम्न गएका युवक चार दिनदेखि सम्पर्कविहीन
जेठ १९, २०८१ शनिबार
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?
जेठ १९, २०८१ शनिबार
कस्तो छ आजको मौसम पुर्वानुमान ?
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार