हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता
नेपालबहस संवाददाता
चैत २६, २०८० सोमबार १६:५६:७
२६ चैत, हेटौँडा । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।
सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।
उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग बताए । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उहाँले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिए ।
होटल व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताए । उनले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाए । “सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन । अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन”, उनले भने ।
गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।
उपमहानगरपालिकाको रु एक लाख लगानीबाट सुरु अग्र्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरू निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताए ।
“उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो । उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो”, उनले भने ।
अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताए । “अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ”, उनले भने ।
यस समूहमा हाल १२ जना छन् । समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्याङ्कअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम
जेठ १५, २०८१ मंगलबार
भैंसेपाटीको नयाँ मन्त्री क्वाटरमा मन्त्रीको अनुगमन, साउनभित्रै सार्ने तयारी
जेठ १४, २०८१ सोमबार
महानगरले किन न्यूरोड क्षेत्रको सडक पैदलयात्री मैत्री बनाउन खोज्दै छ ?
जेठ १४, २०८१ सोमबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, दुई घाइते
जेठ १७, २०८१ बिहिबार
घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा
जेठ १७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १७, २०८१ बिहिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १७, २०८१ बिहिबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार