चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १०:४३:५८
२७ चैत, धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।
आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सहअध्यक्ष कार्कीले बताए । उनले भने, “सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसीटिभीको सहायताले सहभागीहरूको सङ्ख्या गणना गरिने छ ।”
मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा चार सय ८० व्यापारिक स्टल राखिने भएको छ । त्यस्तै मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।
चालीस दिन मदिरा र माछामासु प्रतिबन्ध
कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको छ । मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले सात्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछामासु बिक्रीमा रोक लगाइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
बैशाख ३०, २०८१ आइतबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार